सीमामा पर्खाल लगाऔं ‘सबै पारिश्रमिक दिन्छु’

987
views

काठमाडौँ, ३०, बैशाख । सत्तारुढ नेकपाका सांसद पदम गिरीले सीमा विवाद समाधान गर्न भारत तयार नभए यो मुद्दालाई अन्तराष्ट्रियकरण गर्नुपर्ने बताएका छन् ।

मंगलबार बसिरहेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद गिरीले सीमा विवाद समाधानका लागि यो मुद्दालाई अन्तराष्ट्रियकरण गर्नुपर्ने बताएका हुन ।

सांसद गिरीले भारतले नेपाली सीमा नजिकै सीमामा बाँध बाँधेर नेपाललाई ड्बानमा पार्ने गरेकाले यो समस्या पनि छिटो समाधान गर्नुपर्ने बताए । उनले नेपालले पर्खाल लगाएर सीमा सुरक्षा गर्नुपर्ने बताए ।

’सीमामा पर्खाल लगाउनका लागि सरकार अगाडि बढोस् । त्यसका लागि नेपालीले छाक काटेर सरकारलाई दिन तयार छन् । म पनि सांसदबापत प्राप्त हुने पारिश्रमिक सबै दिन तयार छु,’ सांसद गिरीले भने ।