थप १७ जनामा कोरोना पुष्टि, एकै दिन ७४ जना, संक्रमितको संख्या २०८ पुग्यो

519
views

सीताराम थापा । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा मंगलबार थप १७ मा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीले बताए ।

परीक्षणका लागि ल्याइएका ती स्वाब नमूनाहरु प्रदेश २ र प्रदेश ५ बाट संकलन गरिएको हो । १९१ जनाको रिपोर्टको नतिजा घोषणा भएपछि साँझसम्म ३० जनाको स्वावको रिपोर्ट आउँदा १७ को पोजिटिभ देखिएको हो ।

थप १२० जनाको नमूना परीक्षण भइरहेको छ। त्यसको रिपोर्ट आएपछि औपचारिकरुपमा जानकारी गराइनेछ,’ मन्त्रालयका अधिकारीले बताए । आज यसअघि ५७ जनामा पुष्टि भएको थियो । कपिलवस्तु, रुपन्देही, पर्सा र बारामा गरी मंगलबार एकैचोटी ५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा कपिलवस्तु जिल्लाका ८ जना, रुपन्देहीका ९, पर्साका ३९ र बारा जिल्लाका १ जनाको रिपोर्ट पोजिटिभ आएको थियो । सोमबार पनि एकैदिन २४ जनामा संक्रमण पुष्टि भएको थियो । नेपालमा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या २०८ जना पुगेको छ ।