विदेशमा अलपत्र नेपालीको उद्धारका लागि छलफल

887
views

काठमाडौं, १ जेष्ठ, काठमाडौँ । कोभिड –१९ को महामारीका कारण विदेशमा अलपत्र रहेका नेपालीहरुको उद्धारका बारेमा पुनः गम्भिर छलफल भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवास समन्वय कमिटीको संयोजनमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र श्रममन्त्री रामेश्वय राय यादवसहित नेकपा प्रवास समन्वय कमिटीका सह–इन्चार्ज लक्ष्मण पन्त, अध्यक्ष युवराज चौलागाइ, सचिव श्रीप्रसाद शाह र सदस्य तील विश्वकर्माको उपस्थितिमा भएको सो बैठकले भारत प्रवास र तेस्रो मुलुकमा रहेका नेपालीका समस्या एवम् उद्धार प्रक्रियाका बारेमा सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ ।

समन्वय कमिटीका अध्यक्ष युवराज चौलागाईले यसअघिका छलफल र अनुरोध भन्दा आजको बैठक बढी उद्देश्यमुलक र व्यवहारिक भएकाले अलपत्र परेका नेपालीको उद्धार छिट्टै हुने विश्वास व्यक्त गरेका छन् ।

भारतबाट १ लाख बढी र खाडी लगायतका अन्य देशबाट ६ लाख बढीले नेपाल फर्कन नाम दर्ता गरिरहेका छन् ।