आक्रमणकारी चितुवा नियन्त्रणमा, पर्वतमा दुई घाईते

1153
views

पर्वत, १, जेठ । पर्वतमा चितुवा आक्रमणबाट दुईजना घाईते भएका छन । जलजला गाउँपालिका–८ नाङलीवाङका ५६ वर्षीय गोविन्दबहादुर केसी र ३४ वर्षीय कृष्ण परियार घाईते भएका हुन ।

बिहीबार दिउँसो ३ बजे खेतमा काम गरिरहेका केसीलाई चितुवाले आक्रमण गरेपछि उनलाई जोगाउन गएका परियार पनि घाईते भएका हुन् ।

चितुवाको आक्रमणबाट केसीको घाँटी र हातमा चोट लागेको छ भने परियारको हातमा चोट लागेको छ । उनीहरु दुवैको उपचार धौलागिरि अञ्चल अस्पताल बागलुङमा भएको छ ।

चितुवालाई स्थानीयले नियन्त्रणमा लिएका छन् । नियन्त्रित चितुवलाई जिल्ला वन कार्यालय पर्वतको खोरमा राखिएको छ ।