इटालियन सिरी ए का बाँकी खेलहरु जुन १३ देखि सुरु

517
views

एजेन्सी । कोरोनाको महामारीले रोकिएको इटालियन सिरी ए फुटबलका बाँकी खेलहरु आउँदो जुन १३ देखि सुरु गर्ने तयारी भएको छ । सरकारले स्वीकृति दिएमा सिरी एले जुन १३ देखि लिगका बाँकी खेलहरु सुरु गर्ने तयारी थालेको छ ।

भिडियो कम्फरेन्समार्फत भएको छलफलमा सरकारको स्वीकृति र मेडिकल प्रोटोलक मिलेमा सो मितिमा लिग पुनः सुरु गर्न सबै सदस्य सहमत भएका हुन् ।

इटालियन शीर्ष लिगको क्लबका खेलाडीहरु मे को सुरुदेखि प्रशिक्षणमा फर्किएका छन् ।उनीहरुले अहिलेसम्म व्यक्तिगत रुपमा प्रशिक्षणको अनुमति पाएका छन् । सिरी ए का खेलहरु मार्च ९ देखि रोकिएका छन् ।

लिगका १२ चरणका खेलहरु बाँकी नै छन् । यस्तै चारवटा अरु खेलपनि बाँकी रहेको छ ।अहिलेसम्म लाजिओ भन्दा एक अंकले अघि रहँदै युभेन्टस शीर्ष स्थानमा छ ।