कोरोनाका ४५ लाख संक्रमित, ३ लाख बढीको मृत्यु

726
views

एजेन्सी, जेठ २ । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ का मृत्यु हुनेको संख्या तीन लाखभन्दा बढी भएको छ । भाइरसका ४५ लाख २१ हजार संक्रमित छन । संक्रमित मध्ये १७ लाख मानिस निको भएर घर फर्किएका छन् ।

कोरोना भाइरसको महामारीका कारण सबैभन्दा बढी मानिसको मृत्यु भएको अमेरिकामा करिब ८७ हजार व्यक्तिले ज्यान गुमाएका छन् । त्यहाँ संक्रमितको संख्या साढे १४ लाख नाघेको छ ।

अमेरिकापछि धेरै ज्यान गुमाउने बेलायतमा ३३ हजार ६ सय व्यक्तिको मृत्यु भएको छ । बेलायतमा संक्रमितको संख्या दुई लाख ३३ हजारभन्दा बढी छ ।

इटालीमा ३१ हजार ३६८, स्पेनमा २७ हजार ३२१ तथा फ्रान्समा २७ हजार ४२८ जनाको मृत्यु भएको छ ।

रुसमा संक्रमितको संख्या दुई लाख ५२ हजारभन्दा बढी हुँदा मृतकको संख्या २३ सय नाघेको छ । तीव्र गतिमा संक्रमित थपिएको ब्राजिलमा दुई लाख तीन हजार पुगेको छ । त्यहाँ मृत्यु हुनेको संख्या १४ हजार पुगेको छ ।