लकडाउन थप्ने सरकारको तयारी

709
views

काठमाडौं, २, जेठ । कोरोना संक्रमित जेठ ५ गतेसम्मका लागि थप गरिएको लकडाउन थप गर्ने सरकारले तयारी गरेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी गठित उच्चस्तरीय समन्वय समितिको बैठक बसेको छ । कोरोना रोकथामलाई प्रभावकारी बनाउनेबारे छलफल गर्न समितिको बैठक बसेको एक मन्त्रीले जानकारी दिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा जारी बैठकमा कोरोना रोकथाम र लकडाउनलाई प्रभावकारी बनाउनेबारे छलफल भैरहेको छ । र, उक्त छलफलमा विज्ञहरू पनि सहभागी छन् ।

नेपालमा संक्रमितको संख्या बढ्दै गएकाले लकडाउनलाई कायमै राख्ने सम्भावना छ । यसबारे सम्भवत भोलि समितिमा थप छलफल हुनेछ र मन्त्रिपरिषदमा प्रस्ताव जानेछ ।

समितिले शुक्रबार कोरोना भाइरस (कोभिड–१९) संक्रमणको सम्भावित जोखिम र लकडाउन कसरी व्यवस्थित बनाउने भनेर जनस्वास्थ्य विज्ञ लगायतसँग छलफल गरेको थियो ।