दृष्टिविहिन विद्यार्थी क्रिकेट प्रतियोगितामा

242
views

म्याग्दी । धौलागिरि अञ्चलको म्याग्दीमा पहिलोपटक दृष्टिविहिन विद्यार्थीहरुको क्रिकेट खेल भएको छ । अपाङ्ग संघ म्याग्दीले आयोजना गरेको प्रतियोगितामा रघुगंगा गाउँपालिका–३ मौवाफाँटस्थित ज्ञानोदय मावीमा अध्ययरत दृष्टिविहिन विद्यार्थी र कास्कीको पोखराका दृष्टिविहिन विद्यार्थी विच मैत्रिपूर्ण खेल भएको हो ।
दृष्टिविहिन पनि साङ्ग जस्तै क्रिकेट, फुटबल लगाएतका खेल विधाहरुमा सक्रिय हुनसक्छन भन्ने सन्देश दिन आयोजित खेलबो २० ओभरको प्रतियोगितामा खेलाडीले उत्कृष्ट खेल प्रर्दशन गरेका थिए दुईदिन सम्म सञ्चालन हुने प्रतियोगितामा म्याग्दीका फरक क्षमता भएका विद्यार्थीले अध्ययन गर्ने बालजागृति आधारभुत विद्यालय, धौलागिरि मावि सिंगा र ज्ञानोदय मावि राखु र धौलागिरि बहिरा विद्यालय बागलुङबाट खेलाडी विद्यार्थीहरु आएका छिन । प्रतियोगिताका अवसरमा विभिन्न खेलकुद लगाएतका साम्रागी समेत वितरण गर्ने कार्यक्रम रहेको छ ।