‘छिमेकीले बनायो मुल बाटो’ (भिडियो सहित)

1579
views

जेठ, २ गते । नेपाली भूमि लिपुलेक, कालापानी, सुस्ता लगायतका सीमा अतिक्रमणको विरुद्धमा चर्चित कलाकार नारायण रायमाझी र शान्ती श्री परियारले ‘आमा तिम्रो छातीको पाटो छिमेकीले बनायो मुल बाटो’ गित सार्वजनिक गरेका छन् ।

रमेश विजीको रचना तथा गायक÷संगित नारायण रायमाझी र गायिका शान्ति श्री परियारको आवाजमा उक्त गित सार्वजनिक गरिएको हो ।

आमा तिम्रो छातीको पाटोछिमेकिले बनायो मुलबाटो. बिदेशी अतिक्रमणको बिरुद्ध लोकप्रिय बरिस्ठ लोक गायक आदरणीय दाइ नारायण रायमाझी र आदरणीय दिदी शान्ति श्री परियार को अतिनै मीठो गित …

Prakash Khadka ಅವರಿಂದ ಈ ದಿನದಂದು ಪೋಸ್ಟ್ ಮಾಡಲಾಗಿದೆ ಗುರುವಾರ, ಮೇ 14, 2020

उक्त गितको संगित संयोजक विवि अनुरागीले गरेका छन् । वीर पुर्खाहरुले सिर्जित भूमिमा छिमेकीको अतिक्रमण विरुद्ध चेतनामुलक गित युटुव मार्फत सार्वजनिक गरिएको हो ।