‘नीति तथा कार्यक्रम काम न काजको’

747
views

काठमाडौं, ३ जेठ । जनता समाजवादी पार्टी, नेपालका नेता तथा सांसद राजेन्द्र महतोले सरकारले ल्याएको नीति तथा कार्यक्रम अत्यन्तै लामो र अहिलेको प्राथमिकता समेट्न नसकेको टिप्पणी गरेका छन् ।

उनले भने “अहिले भाषण सुनाउने बेला होईन, काम गर्ने बेला हो । महामारीबाट जनता जोगाउँछु भन्नुपर्ने बेला हो । र, तीन बुँदा र तीन मिनेटमा नीति तथा कार्यक्रम सकिन्थ्यो । कोरोनाको असरबारे समेटेर अर्थतन्त्रलाई कसरी जोगाउने, जनता जोगाउने र सीमा रक्षाबारे तीन बुँदामा समेटेर नीति तथा कार्यक्रम ल्याउन सकिन्थ्यो ।”

उनले सरकारले हिजो ल्याएको नीति तथा कार्यक्रम काम न काजको भएको आरोप लगाए । उसो भए तपाईहरु यसमा संशोधन हाल्नु हुन्छ त ? नेता महतोले भने “संशोधनपनि के राख्ने ? हुने भएपो राख्ने ? हुन्छ हुन्न भनेर, गणितबाट ह्विप जारी भैहाल्छ । अनावश्यक देखियो ।”

नीति तथा कार्यक्रममा सारा ईतिहास र भुगोल राखेर सरकारले अहिलेको आवश्यकत्ता र ध्यान एकीकृत गर्न नसकेको उनको आरोप छ । उनले भने “अहिलेको ध्यान भनेको जनतालाई जोगाउने हो । अर्थतन्त्रलाई जोगाउने हो । सीमा रक्षा गर्ने कुरा । विगतको नीति तथा कार्यक्रम निरन्रतरता । नेपालको ईतिहासमा यत्रो लामो नीति तथा कार्यक्रम कहिल्यै आएको थिएन । यो भाषण छाँट्ने बेला होईन् । रिपोर्टर्स नेपाल