मेची-महाकाली हैन अब ग्रेटर नेपाल !

834
views

–रामबहादुर बुढा ‘राजन’

सन् १९६२ मा चिन र भारत सरकारको लडाईमा युद्व हारेर फर्किएको भारतीय हरुवा सेना लिपुलेक, लिम्पीयाधुरा र कालापानी क्षेत्रमा अस्थाई क्याम्प बनाएर बस्न दिएकै भरमा भारतले नेपाली भुमी दावि गर्नुले ‘औंलो दिंदा कुईनो निल्न खोज्ने’ आफ्नो दुश्चरित्र प्रदर्शन गरेको छ । भारतले आफुजस्तै अर्को सार्वभौमसत्ता सम्पन्न राष्ट्रको कदर गर्नुपर्छ भन्ने अन्तराष्ट्रिय मान्यताको वर्खिलाप गरेको छ । भारतले नेपाली सार्वभौमसत्ताको भौगोलिक अखण्डता माथि ठाडो हस्तक्षेप गर्नाले एउटा उसको इमान्दार र वफादार छिमेकी गुमाएको छ । लिपुलेक, लिम्पीयाधुरा र कालापानीको ३८१ वर्ग किलोमिटर भुभाग आफ्नो राजनीतिक नक्सामा राख्नुले सुगौली सन्धी उलङ्घन गरिएको छ । यति मात्र नभई भारतीय सीमा सुरक्षा बल बि.एस.एफ.ले नेपालका विभिन्न ७१ वटा स्थानहरुमा जंगीपिलर सार्ने, तारहरु फाली करिव ७१ हजार वर्ग्किलोमिटर भुमी अतिक्रमण गरेको तथ्यहरु सार्वजनीक भएका छन् । यति मात्र नभएर सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीहरु माथि दुरब्यवहार गर्ने घिनौना कार्यहरु समेत गरेको सामाचारहरु प्रकाशमा आएका छन् । यी सबै घटनाहरुले भारत र नेपाल विचको कुनै पनि सन्धी सम्झौताहरुको औचित्य समाप्त भएको छ । यस हिसावले नेपालको पूर्व टिस्टा देखि पश्चिम किल्ला काँगडा सम्मको भु–भाग नेपालले पाउनु पर्ने हुन्छ । सार्वभौम न्यायको सिद्वान्तका आधारमा नेपालले आफ्नो भु–भाग प्राप्त गर्न पाउनु नेपालको नैसर्गीक अधिकार हो । यदि दुईटाको विचमा कुरा मिलेन भने तेश्रो जिम्मेवार व्यक्ति वा निकायमा जानु पर्ने हुन्छ र त्यो जिम्मेवार निकायबाट दुईटाको वास्तविक अधिकार निश्चित गर्ने कानुनी प्रचलनका आधारमा नेपालले अव क्रमिक रुपले संयुक्त राष्ट्रसंघ हुँदै अन्तर्रा्ष्ट्रिय अदालत सम्मको यात्रा पुरा गरेर आफ्नो ग्रेटर नेपाल प्राप्त गर्नु पर्ने कुरा विशेष महत्वको विषय बनेको छ ।

वि.सं.२०११ सालमा नेपालको पहिलो प्रधानमन्त्री मातृका प्रसाद कोईरालाको सरकारसँग भारत सरकारले नेपालको कोशीको पानी लिएर विहार क्षेत्रमा कृषि उद्योगहरु चलाउन सिंचाईको लागि संझौता गरेर बाँध लगाएर भारतमा लिएको इतिहाँस छ । उक्त सम्झौतामा भारतले कोशी क्षेत्रमा बाँध लगाउँदा डुवानमा पर्ने जमीनको मोहब्जा दिने कुरा सम्झौता गरेको थियो । उक्त संझौताको ६५ वर्ष वितिसक्दा पनि त्यहाँका जनताह?ले जमीनको मोहब्जा नपाएको स्थीति छ । हिउँदमा सवै पानी भारत लिएर त्यहाँका किसानह?को जमिनमा पानीको हाहाकार मच्चीएको छ भने वर्षायाममा ब्यारेल बन्द गरेर डुवानमा परि बर्षेनी लाखौं धन जनको क्षेति हुने गरेको छ । यसै गरि वि.सं. २०१६ सालमा मातृका प्रसाद कोईरालाको सरकारले गण्डकी सम्झौता गरेको थियो । त्यहाँको हालपनि त्यत्तिकै कारुणिक पीडाबाट ग्रस्त छ । वि.सं. २०५२ सालमा गिरीजाप्रसाद कोईरालाको सरकारमा मेची–महाकाली सम्झौताका विषयमा कुरा उठ्यो । त्यो कोशी र गण्डकीको ऐतिहाँसिक घटनाक्रमको पिडादाई अवस्था औंल्याउँदै तत्कालीन प्रतिपक्ष दल एमालेका महासचिव मदन भण्डारीले मेची–महाकाली संझौता राष्ट्रघाति छ, भन्दै असहमति जाहेर गर्नु भएको थियो । त्यसबेला विभिन्न दलका आन्दोलनका धेरै रुपहरु देखा परे, गिरीजा सरकारले आन्दोलनलाई ठाडो हस्तक्षेप गरेर दवाईरहेको अवस्था थियो । त्यही अवस्थामा एमाले नेता महानायक मदन भण्डारीलाई दासढुङ्गामा हत्या गरियो । तत् पश्चात मेची–महाकाली सम्झौता पनि भयो । त्यतिखेर एमाले समर्थक युवासँघले सडक आन्दोलन गर्यो । एकिकृत माक्सवाद लेलिनवाद जिन्दावाद ! युवासंघ जिन्दावाद ! भारतीय विस्तारवाद मुर्दावाद ! माधव नेपाल लेण्डुप हो, लण्डुपेलाई फासी दे ! खड्क वली लेण्डुपे हो, लेण्डुपेलाई फाँसी दे ! भन्दै नारावाजी गरि सडक ततायकोे इतिहाँस ताजै छ । आज महाकाली नदीको किनारमा बस्ने हजारौं हजार जनताको घरवास र जिउधन नदिको कटानले विनास गरिरहेकै छ ।

जतिबेला नेपाल विसम परिस्थिति सृजना हुने गर्छ । त्यतिबेला भारतले नेपालमा केही न केही लुट्ने गरेको छ । वि.सं. २०५२ सालदेखि चलेको लामो १० बर्षे जनयुध्द र वि.सं. २०६२–०६३ को आन्दोलनबाट देश घायल भएको बेला बाबुराम भट्टराई सरकारको माध्यमबाट भारतले विप्पा,पि.पि.ए., पि.डी.ए. जस्तो ठुलै नेपाली राष्ट्रहित विपरित प्रस्ताव ल्याएर संषदको वहुमतबाट पारित गर्ने राष्ट्रभाती कार्य गरको कुरा गहन अध्ययनको विषय बनेको छ। अपर कर्णाली, अरुण तेश्रो, मस्याङ्दी, सेती लगायत दर्जनौं नदीहरुमा भारतीय अन्तर्रा्ष्ट्रिय कम्पनी जि.एम.आर. र सतलजको माध्यमबाट कौडीको भाउमा लिने दुष्ट भावनाको पर्दाफाँस गरेको छ । संसारकै सस्तो विद्युत परियोजना ‘‘अपर कर्णाली जलविद्युत परियोजना’’मा जि.एम.आर. कम्पनीलाई नेपाल सरकारले नियमित कर छुट गरी जस्तो संसारमै नभएको राष्ट्रघात प्रदर्शन गरेको छ । उक्त परियोजनाबाट निकालियको विद्युत १२ प्रतिशतमात्र नेपालको मुख्या प्रसारणलाईमा जोडेर ८८ प्रतिशत विद्युत सिधै ग्रेटलाईन जडान गरेर कोहलपुर हुँदै भारत पु¥याउने योजना रहेको छ । उक्त परियोजनाबाट निक्लने विद्युतको प्रतियुनिट मुल्य रु.२ मात्र हुन आउने भएको अनुमान गरिएको छ । ताकी नेपाल सरकारले त्यही विद्युत भारतबाट खरिद गर्दा पिक आवरको रु.११ रुपैयाँ प्रति युनिट र अन्य समयमा रु ९ प्रतियुनिटका दरले खरिद गरिरहेको छ । यसरी हरेक कुरामा असमान सहमतिमा फसाउने सरकारमा आफ्ना एड्भोकेटरहरुको लुकिछिपी भर्ति गर्ने जस्ता कार्य निरन्तर रुपमा भारतले गरिरहेकै छ । भारतले भारतको अज्ञात स्थानमा ३ वटा प्लान्ट राखेर सुरुङ मार्ग तयार गरेर मुस्ताङको रेडियम चोर्ने सम्म तयारी गरेको कुरा सुन्नमा आएको छ । यता रोटीबेटीको संवन्धलाई देखाएर बसोदैवकुटुम्बकम गरिरहेको र अर्को्तिर यसरी विभिन्न तरिकाबाट सामनाम दण्ड भेद लगाएर नेपाली राष्ट्रियता माथि निरन्तर नाङ्गो हस्तक्षेप गर्ने कुराले ‘मुखले राम राम बगलीमा छुरा’ भन्ने उखानलाई प्रमाणित गरेको छ । यी सबै भारतीय कर्तुतका विषयमा नेपाल सरकारले एउटा स्वेत पत्र जारी गर्न पनि अति आवश्यक देखिन्छ ।

यसै समयमा अर्को समुद्र पारीको नेपालको मित्र राष्ट्र अमेरीकाले हिन्द प्रसान्त रणनिती अन्तरगत एमसीसी (मिलिनियम च्यालेन्ज कर्पोरेशन) राख्ने खतरनाख प्रस्ताव आफ्ना दुतहरु मार्फत संषदमा ल्याएको छ । नेपालको टोलरेन्स पावर धेरै भएको भुमी प्रयोग गरेर आणविक परिक्षण गरि संसारका सामु आफ्नो शक्ति प्रदर्शन गर्ने अभिष्ट पुरा गर्नका लागि यस्तो प्रस्ताव ल्यायको कुरा घाम जत्तिकै छर्लङ्ग छ । नेपाललाई आणविक भट्टि बनाउने उद्देश्यले र केही प्राकृतिक साधन श्रोत दोहोन गर्ने लक्ष्य लिएर मुस्ताङ्ग, पाल्पा र चितवनमा अमेरीकी सेनाको ब्यारेक राख्ने कुरा संझौतामा उल्लेख गरिएको छ। ५५ अरब अमेरीकी डलरको लोभ देखाएर नेपाली संषदमा अमेरीकी एड्भोकेटरहरुले बहस चलाएको कुरा सामाचार माध्यमहरुले पकाशन र प्रसारण गरिरहेका छन् । त्यो ५५ अरब रुपैयाँ भनेको अमेरीकी सेनाको ३ वटा पल्टनमा रहेका ५००० सेनाको खाना र हातहतियार परिक्षणमा पनि पुग्दैन । अमेरीका द्वारा विभिन्न समयमा नेपालमा रहेका पौराणिक एनिटीक्सको निकासी पैठारी गर्ने क्रममा दवीदेवताका मुर्तिहरु, बेद जस्ता पुराना लिपिमा रहेका धर्म ग्रन्थहरु बेलायत र अमेरीकाका विभिन्न स्थानहरुमा पुगिसकेको तथ्य सार्वजनिक भईसकेका छन् । प्रत्येक वर्ष पर्यटनको निहुमा नेपालका विभिन्न क्षेत्रमा प्रवेश गरेर त्यहाँका प्राकृतिक खानीहरु तथा वहुमुल्य धातुहरुको खोज अनुसन्धान गर्ने कार्य जारी नै रहेको छ । गोप्य रुपमा त्यस्ता सामानहरुको खरिदका लागि अवैधानिक गृहोहरु तयार गर्ने गरेको कुरा प्रकाशमा आईरहेका छन् ।

उत्तरमा रहेको अर्को मित्र चिनले पनि हुम्लाको भान्द्रे खोलामा १ हेक्टर, कर्णाली नदिमा ४ हेक्टर, रसुवाको सन्जेन खोलमा २ हेक्टर, भुर्जङ खोलामा १ हेक्टर, लेम्द्रे खोलामा १ हेक्टर, जम्बु खोलामा ३ हेक्टर, सिन्धुपाल्चोकको खराने खोलामा ७ हेक्टर, भोटेकोशीमा ४ हेक्टर, सम्जुङ खोलामा ३ हेक्टर, काम खोलामा २ हेक्टर, संखुयासभाको अ?ण नदिमा ४ हेक्टर लगायत विभिन्न स्थानमा गरि ३६ हेक्टर जमिन मिचेको कुरा गोगल तथा अन्य सामाजिक संजाल र संचार माध्यमह?बाट प्रकाशीत भएका छन् । यति मात्र नभई हाल भारतसँग नेपाली भुमी लिपुलेकको विवाद चलिरहेको बेला वि.सं २०६५ सालमा भारतसँग नेपाली विवादीत भुमी भन्ने जानकारी हुँदा हुँदै ब्यापारीक नाका खोल्ने संझौता गरेर नेपाल माथि कुठाराघात गरेको छ । कति विषयह?मा चिनले मौन रहेर पनि भारतलाई सर्पोट गरिरहेका घटनाहरु अध्ययनका विषय हुन ।

यसरी ‘ओरालो लागेको मृगलाई बाच्छाले पनि खेदाउँछ’ भन्ने कुरा उपर्युक्त तथ्यह?ले प्रमाणित गरिदिएका छन् । राजनीतिमा कोही मित्र र दुश्मन नहुने कुरा पनि सिद्द भएको छ । त्यसैले आन्तरिक राष्ट्रवाद मजबुत नभए सम्म देश स्वाधिन नहुने कुरा यस्ता ऐतिहाँसिक तथ्यले प्रमाणित गरिदिएका छन् । नेपालले ऐतिहाँसिक घटना क्रमबाट सिकेर अर्काको मुख ताक्नु भन्दा आन्तरिक सुधार गर्न, यस्ता विदेशी एड्भोकेटरहरुको सुक्ष्म अध्ययन गरि देश निकाला गर्न । घरेलु प्रतिक्रियावादको नामेट पार्नका लागि नयाँ शिराबाट नयाँ कार्य्नितिक योजना नबनाए सम्म केही पनि हुनेवाला छैन ! प्रत्येक वर्ष बाली लगाउनुहोस अनि बाँदरलाई हुन्छ केही मतलव रहने छैन । यहाँ सबै दलहरुमा हामी राष्ट्रवादी, हामी राष्ट्रवादी भन्ने लल्कार चलिरहेको देखिन्छ । त्ससरी मपाई गर्नु भन्दा आफ्ना ऐतिहाँसिक कमिकमजोरी हेरेर नेपाली आमाको पाउँमा शिर राखेर आत्माआलोचित हुन जरुरी छ । आम सर्वहारा सर्वसाधारण जनसमुदायका सामु गएर माफि माग्न जरुरी छ । आफुले सदियौं देखि गरेका राष्ट्र र जनता प्रतिको अत्याचारको प्रायश्चीत गरे हुन्छ । स्वदेश लुटेर विदेशी बैंकहरुमा जम्मा गरेको अकुत सम्पत्ती राष्ट्रिय हितका लागि जनताको शैक्षिक विकासमा लगायो भने यो देशले मुहार फेर्न त्यति गाह्रो नहोला । किनकी हामीले हामीजस्ता युध्दले ग्रस्त भएका यस्ता राष्ट्रह?को परिवर्तन भएका देखेका छौं तपाईहरुले हेर्नुभयो भने मलेशीयाको विकास भएको धेरै समय भएको छैन । जहाँ गोर्खालीहरु मलाया लाहुरे बनेर जाने गर्थे आज मलेशीयाको साक्षरता दर सत प्रतिशत पुगेको छ । ति विर गोर्खालीहरु आज कुल्ली मजदुरी गर्न मरी मरी मलेसीया छिरेर गल्लीहरु, ट्वाईलेटहरु र त्यहाँका भाँडावर्तन माझ्न काम गरेको कुरा सर्व्विदित छ । त्यहाँको सरकारले स्वच बदल्यो कार्य्निति बदल्यो शिक्षा क्षेत्रमा रिजर्भेसन चलायो, अलग युनिभर्सिटी खोल्यो र पिधमा भएका जनसमुदायको शैक्षिक विकास गर्यो । त्यसै गरि क्यूवामा फिडेल क्यास्ट्रो सत्तामा पुग्दा त्यहाँको साक्षरता दर खाली १० प्रतिशतमात्र थियो । हाल त्यहाँको साक्षरता दर सत प्रतिशतले बृद्दि भएको छ । उद्योगधन्दा कलकारखाना कृषि पशुपालन जस्ता कुराहरुको तिब्र विकास भएको छ । हाल गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य सबै निशुल्क रहेको छ । प्रति ५ जनाको विचमा एक जना डाक्टर रहेको सम्पन्न देश बनेको छ ।

नेपाल नीतिगत हिसावले त सार्वभौम, स्वतन्त्र, स्वाधिन मात्र हैन संघिय लोकतान्त्रीक गणतान्त्रीक कम्युनिष्ट ब्यवस्थामा प्रवेश गरिसकेको छ । तर ब्यवहारीक हिसावले भने त्यो मनुवाद भन्दा माथि नउठेको अवस्था देखिन्छ । यहाँको सामाजिक अवस्था अध्ययन गरियो भने गाउँमा अझ, जातिवाद, छुवाछुत, स्वसन दमनका घटनाहरु प्रशस्त देख्न पाईन्छ । हालै फेसबुकमा तपाईहरु देख्न सक्नु हुन्छ कालिकोटकी एकजना दलित महिलालाई पानीको धारा छोएको भन्दै कालोमोसो दलेर जुत्ताका माला लगाएर निर्लज्ज ढंगले कुटपिट गरिएको भिडियो । यसरी मनुवादी सिद्वान्तका घोतकहरुले समाजलाई पश्चगामी बरबरताको दिशातिर धकेलीरहेका दर्दनाक दृश्यहरु प्रसस्त देख्न पाईन्छ । यस्ता गैर कानूनी क्रियाकलापहरु सामाचार माध्यमले प्रकाशन प्रशारण गर्दा पनि सरकार मुखदर्शक भएर बसीरहेको हुन्छ। कतिपय सचेत वर्गसमुदायहरुमा मुखले राम्रै कुरा गरे पनि ब्यवहारमा अलग गरेको देखिन्छ, भनेर वा नभनेर वडी ल्याङ्गवेजबाट गरिने विभिन्न खालका विभेदको दलदलबाट अलिकति पनि माथि समाज उठेको छैन । यहाँ अत्याधुनिक माक्सवाद, लेलिनवाद, माओवादका कुराहरु गरेको चारैतिर सुन्न पाईन्छ । सवै सामाचार माध्यमह?मा पढ्न पाईन्छ । जनवाद, समाजवाद र साम्यवादको परिकल्पना गरेको पनि पाईन्छ । यो सबै सम्भव गर्नका लागि उसको वर्गश्रोतको पहिचान गरि त्यही चेतना स्तरबाट माक्सवादी वैज्ञानिक साहीत्य सौन्दर्य लागु गर्न जरुरी देखिन्छ । आज वामपन्थी अवसरवाद, दक्षिणपन्थि संशोधनवादको बोलवाला रहेको छ । त्यसले यो समाजको हल हैन दुधमा नुनखुर्सानी मिट मसला हालेर पकाय जस्तै गरि समाज विग्रेर गयको छ । उनीहरु कितावमा रातदिन माक्सवाद पढ्छन् आफ्नो दैनिकीमा माक्सवादका कुरा लेखेको पाईन्छ, भाषणमा मालेमा वादको सुन्दर भावना सुनाउँछन् । तर कार्य्नितिक हिशावले उहि निम्न पुजीपति र नोक्रसाही वित्तिय चिन्तन भन्दा माथि उठेको देखिदैन । कुन नेताले विद्रोह गर्छ र लुटेर अकुत निजि पुँजी कमाउने भनेर बसेका कम्युनिष्ट नमुनाहरु आजभोली हरेक गाउँगाउँमा र बस्ती बस्तीमा देख्न पाईन्छ । एन.जी.ओ., आइ.एन.जि.ओ.ले फोकटमा गाउँबस्तीमा पैसा बाँडेर गाउँले विगारे जस्तै गरि १० वर्षे जनयुद्वले कम्युनिष्टहरुको चरित्रमा पनि विगारी दिएको कुरा प्रमाणित भएको छ ।

पछिल्लो चरणमा लोकतान्त्रीक संविधान अपदस्त गरिसके पछि नोट अफ डिसेन्ट लेखेर संविधान निर्माण प्रकृयाबाट वाहिरीएको तत्कालिन नेपाल कम्युनिष्ट पार्टी — माओवादीका अध्यक्ष मोहन वैद्य किरणले कम्युनिष्ट धु्रवीकरण, नव सामान्तवादको उदय र नव कम्युनिष्टहरुको उदयको वैज्ञानीक विश्लेशन गर्दै जनयुध्दको जगमा जनविद्रोहको कार्य्दिशा जारी गर्दा झण्डै ८० प्रतिशत कम्युनिष्टह? पार्टीमा संगठित रहेको देखिन्थ्यो । उहाँले यो पनि भन्नु भएको थियो कि यो संख्या गुणात्मक हैन अझै यो संख्या वामपन्थी अवसरवाद, दक्षिणपन्थी संशोधनवा र मध्यपन्थी ढुलमुलवादको उडान तय गर्ने क्रममा सिमित हुँदै जानेछ । दक्षिण पन्थी संशोधनवादी र वामपन्थी अवसरवादी नक्कली कम्युनिष्टहरुले छद्म अवसरवादको निति अन्तर्गत वर्गसमन्वयवाद र सारसंग्रहवादको महामारी चलाएर त्यो नेकपा—माओवादीलाई सिमित गरिदिएको सुदृढ रुप नै आजको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) हो । यहाँ संघर्षबाट लाल र सिद्वान्तबाट निपुन ब्यक्तित्वह?को जमघट देखिन्छ । जसलाई आजको दलालह?को सरकारले स्वीकार गर्न नसकेर चारैतिर नाकाबन्दी लगाएको छ । यहाँ भित्र जनयुध्दमा जनताबाट पाएको श्रोतसाधन प्रयोग गरेर नेता कार्यकर्ता तस्करी चलाई रहेको देखिन्छ । कमरेड लेनिनले भन्नु भएको छ, ‘‘सयपटक नाप १ पटक काट’’ जनता यीनीह?को काम ब्यवहार नापी रहेका छन् । यो यीनीह?को जस्तो नाङ्गो नाच देखाउँदै हिड्ने चौपाटी हैन । यो त जनताको जनादेश पुरा गर्ने प्रतिवद्धता सहितको सच्चा कम्युनिष्टह?को गौरवशाली पार्टी हो । जनताले यिनीहरुलाई एक दिन जनताको आफ्नो निर्णय सुनाएर देश निकाला गर्ने छन् । यो कम्युनिष्टको नाउँमा दलाली, जनघात, राष्ट्रघात गरेर राष्ट्रियता, जनतन्त्र, जनजिवीलाई आझेल पार्दै नेपाल आमाको छातिमाथि दुरब्यवहार गर्न छुट मिल्ने छैन । सबै खालका घरेलु समस्याहरुको समाधान हुनेछ, देशका दुश्मनहरुलाई सजाय हुनेछ, अन्तराष्ट्रिय दलाल र एडभोकेटरहरुलाई देश निकाला गरिने छ । नेपाली आमालाई नेपाली जनताले गे्रटर र सर्वाङ्ग बनाउने छन् । अब मेची महाकालीवाला सानो नेपाल हैन पूर्व टिष्टा देखि पश्चिम महाकाली सम्मको ग्रेटर नेपाल हुन्छ । मुलबाटोब डटकमबाट