कोरोना संक्रमित बढे, संक्रमितको संख्या २७६ पुग्यो

679
views

काठमाडौं, ३, जेठ थप तीन जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । नयाँ पुष्टि भएका संक्रमितमा कपिलवस्तु, शिवराज न. पा. चन्द्रौटा निबासी २५, ३४ र ४४ वर्षीय पुरुषहरू रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अध्यावधिक गरेको विवरणअनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको परीक्षणमा नयाँ ३ मा कोरोना पोजिटिभ देखिएको हो । नेपालमा कोरोना संक्रमितको संख्या २७६ पुगेको छ ।