विश्व अर्थतन्त्रमा ८८ खर्ब डलर नोक्सानी

619
views

एजेन्सी, ३ जेठ । एशियाली विकास बैंक (एडीबी) ले कोरोना भाइरसको महामारीको कारण विश्व अर्थतन्त्रमा ५८ देखि ८८ खर्ब डलरसम्मको नोक्सानी हुन सक्ने बताएको छ । यसमा दक्षिण एशियाको कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा पनि एक खर्ब ४२ अर्बदेखि २ खर्ब १८ अर्ब डलरसम्मको असर हुने एडीबीको अनुमान छ ।

यो प्रक्षेपण गत महिना गरिएको प्रक्षेपणको दोब्बरभन्दा बढी हो र विश्वव्यापी जीडीपीको ६.४ प्रतिशतदेखि ९.७ प्रतिशत बराबर हो । यसैगरी एडीबीले कोभिड–१९ को सम्भावित आर्थिक असरको नयाँ विश्लेषणमा भनेको छ कि, दक्षिण एशियाको जीडीपीमा ३.९ देखि ६ प्रतिशतसम्मको कमी आउनेछ ।

कोरोना भाइरसको महामारीको कारण विश्वभरको आर्थिक गतिविधिहरु सुस्ताइरहेको बेला एडीबीको यस्तो प्रक्षेपण सार्वजनिक भएको हो ।

एडीबीका प्रमुख अर्थशास्त्री यासुयुकि सावाडाले भने, यो नयाँ विश्लेषणले विश्व अर्थतन्त्रमा महामारीले पार्ने सम्भावित असरको तस्बिर प्रस्तुत गर्दछ । यसले अर्थतन्त्रमा महामारीको प्रभाव कम गर्नका लागि आवश्यक नीतिको पनि महत्व दर्शाउन सक्छ । मेरो लगानीबाट