सुत्केरी महिलाको मृत्यु, कोरोनासँग मिल्दोजुल्दो लक्षण

618
views

काठमाडौं, ३, जेठ । धुलिखेल अस्पतालमा विहिबार राती मृत्यु भएकी महिलाको लक्षण कोरोनासँग मिल्दोजुलेद देखिएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय सुत्केरीको मृत्यु भएको हो ।

केही दिनअघि शिक्षण अस्पतालमा सुत्केरी भएकी उनी घर फर्किएपछि उनको स्वासप्रश्वासमा समस्या आएको थिउो । उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको थियो । स्वासप्रश्वासमा समस्या आएकाले उपचारको क्रममा उनको आरडीटी परिक्षण गरिएको थियो । परिक्षणमा आरडिटी रिपोर्ट पोजिटिभ आएको थियो ।

‘उनको सुरुमा आरडीटी पोजिटिभ आएको थियो । अहिले पीसीआर पनि पोजिटिभ आएको छ अस्पताल स्रोतको भनाई छ । महिलाको पीसीआर रिपोर्ट मन्त्रालयले नियमित प्रेस सम्मेलनमा दिनेछ । नेपालमा कोरोना संक्रमितको संख्या २७६ पुगेको छ ।