बेलायतमा कोरोनाबाट ६३ नेपालीले ज्यान गुमाए

856
views

काठमाडौं, ३ जेठ । कोरोना भाइरसबाट बेलायतमा ज्यान गुमाउने नेपालीको संख्या ६३ पुगेको छ । लण्डनस्थित नेपाली दूतावासले ५२ पुरुष र ११ महिलाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको जनाएको छ ।

दूतावासको पहलमा गठन गरिएको सूचना सङ्कलन सहयोग समितिमार्फत दिएको जानकारीमा हालसम्म मृत्यु हुने भूपू गोरखा सैनिकको संख्या ५२ र गैरसैनिकको संख्या ११ रहेको छ ।