नीति तथा कार्यक्रममाथिको छलफल छोट्याईने

567
views

काठमाडौं, ३ जेठ । शनिबार बसेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले शुक्रबार संघीय संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथिको छलफल छोट्यउने भएको छ ।

संसद सचिवालयले दलीय आधारमा बोल्न दिने र सकेसम्म थोरै सदस्यको नाम दिन आग्रह गरिने जनाएको छ । संसद सचिवालयका अनुसार नीति तथा कार्यक्रममाथि यही जेठ ४ र ५ गते दुई दिन छलफल हुनेछ ।

सम्पूर्ण सुरक्षा सतर्कता अपनाएर बैठक सञ्चालन गर्ने, सांसदहरूलाई पहिले आफू बसेको सिट परिवर्तन नगर्न अनुरोध गर्ने, छलफल छोटो बनाउने, छलफलका क्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले जेठ ६ गते दिने निर्णय भएको सचिवालयले जानकारी दिएको छ ।