कोरोनाबाट सुत्केरी महिलाको पहिलोपटक मृत्यु–मन्त्रालयद्वारा पुष्टि

541
views

काठमाडौं, ३, जेठ । नेपालमा कोरोना भाइरस (कोभिड–१९ बाट एक महिलाको मृत्यु भएको छ । उनको मृत्यु कोरोना संक्रमणबाट भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।

सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया ति महिलाको ९ दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएको थियो । त्यसपछि घर गएकी उनलाई ज्वरो, खोकीका साथै स्वासप्रश्वासमा समस्या आएपछि धुलिखेल अस्पताल ल्याइएको थियो ।

धुलिखेल अस्पताल आइपुग्नु अगाडि नै उनको मृत्युको चिकित्सकहरुले मृत्यु घोषणा गरेका थिए । ति महिलाको आरडिटी र पीसीआर दुवै रिर्पोट पोजेटिभ आएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पनि उनको रिपोर्ट पोजेटिभ नै आएको थियो ।