नयाँ १० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २९१

492
views

काठमाडौं, ४, जेष्ठ । नेपालमा नयाँ १० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । संक्रमितको संख्या २९१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार बिहान अध्यावधिक गरेको विवरणअनुसार थप १० जनामा नयाँ पुष्टी भएको हो ।

नयाँ पुष्टि हुनेमा रौतहट राजपुर न.पा. फरहदवा ( ९ निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय पुरुषहरू र रौतहट इशनाथ न. पा. ३, ५ निवासी २८, ३०, ३३ वर्षीय पुरुषहरू रहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ गरिएको परिक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।