हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

29
views

काठमाडौँ, ४ जेठ । जंगली हात्तीको आक्रमणबाट एक वृद्धको ज्यान गएको छ । दक्षिणी झापाको कचनकवल गाउँपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको हो । मृत्यु हुनेमा कचनकवल गाउँपालिका–७ निवासी ८० वर्षीय बृखबहादुर राई रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार शनिबार साँझ घर नजिकै दीपज्योति सामुदायिक वनमा निगुरो टिप्न गएका वृद्धलाई हात्तीले आक्रमण गरेको थियो ।