क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु

658
views

बुटबल, ४, जेठ । बाँकेको नरैनापुर गाउँपालिकामा रहेको क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु भएको । नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका २४ बर्षिय युवकको आइतबार बिहान मृत्यु भएको हो । उनको मृत्युको कारण खुलेको छैन ।

क्वारेन्टाइनमा उपचार नपाई युवकको मृत्यु भएको भन्दै स्थानीय बासिन्दाले विरोध जनाएका छन् । नरैनापुर-५ नयाँ बस्तीका ती युवक वैशाख ३० गते भारतबाट आएपछि क्वारेन्टाइनमा बसेका थिए ।

मृतक युवकको मेडिकल रिपोर्ट आएपछि मात्रै मृत्युको कारण बताउन सकिने बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए ।