स्वास्थ्य सामग्री लिन भोलि चीन जाँदै वाइडबडी

424
views

काठमाडौं, ४, जेष्ठ । नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामाग्री लिन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज भोलि चीनको ग्वान्जाओ जाने भएको छ ।

पहिलो उडानबाट १८ टन स्वास्थ्य सामाग्री काठमाडौं ल्याउने सेनाको तयारी छ । यसअघि नै सेनाले स्थल मार्गबाट १० ट्रक स्वास्थ्य सामाग्री काठमाडौं ल्याइसकेको छ ।

करिब ८ टन सामाग्री हिजो काठमाडौं आइपुगेका हुन् । अहिले आएका सामाग्रीहरुमा पिपिई, एन ९५ मास्क र पिसिआरका लागि किट्सलगायत छन् ।

सेनाले ३ सय ४१ टन स्वास्थ्य सामग्रीका लागि चिनियाँ सरकारी स्वामित्वको सिनो फर्मासँग सम्झौता गरेको छ । स्वास्थ्य सामग्री खरिदका लागि सेनाले करिब २ अर्ब नेपाली रुपैयाँ भुक्तानि दिइसकेको छ ।