कोरोना संक्रमणबाट नेपालमा दुईजनाको मृत्यु

620
views

काठमाडौं, ४, जेष्ठ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । बाँकेको बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका एक २५ वर्षीय युवकको मृत्यु कोरोना संक्रमणबाट भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आइतबार मृत्यु भएका ति युवक वैशाख ३० गते भारतबाट आएको र गएराति स्वास्थ्यमा समस्या आएका उनको बिहान ६ बजेर ४० मिनेटमा निधन भएको हो ।

उनको स्वाब परीक्षणको रिपोर्ट पोजिटिभ आएको छ । ‘यसबारे थप विवरण आउन बाँकी छ । अहिलेलाई हाम्रो देशमा दुईवटा निधन कोभिड–१९ कै कारण भएको पुष्टि भएको छ’, मन्त्रालयका प्रवक्ता देवकोटाले भने ।

गत बिहीबार काभ्रेको धुलिखेल अस्पतालमा ज्यान गुमाएकी सिन्धुपाल्चोककी सुत्केरीको कोरोनाका कारण ज्यान गएको शनिबार मन्त्रालयले पुष्टि गरेको थियो ।