बाल यौन दुरुपयोगमा ६५ बर्षिय वृद्ध पक्राउ

1496
views

पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वतले बाल यौन दुरुपयोगमा ६५ बर्षिय एक वृद्धलाई पक्राउ गरेको छ । कुश्मा नगरपालिका–७ का ६५ बर्षिय वृद्ध रमाकान्त शर्मालाई प्रहरीले पक्राउ गरेको हो ।

शर्मालाई जेष्ठ २ गते बाल यौन दुरुपयोग गरेको भन्ने सूचनाका आधारमा नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान थालेको थियो ।

शर्मालाई आफ्नो पसलमा सामान किन्न आएकी १२ बर्षिय एक बालिकामाथि बाल यौन दुरुपयोग गरेको आरोप लागेको छ ।

शर्मालाई थप अनुसन्धानका लागि सम्मानित पर्वत जिल्ला अदालतबाट बाल यौन दुरुपयोग मुद्दामा आइतबार आज म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी बिकास थापाले जानकारी दिएका छन ।