विश्वभर कोरोनाबाट ३ लाख १६ हजारबढीको मृत्यु

अमेरिकामा ९० हजार ९ सयको मृत्यु

552
views

काठमाडौं, ५, जेष्ठ । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसबाट ३ लाख १६ हजार ६ सय ७१ जनाको मृत्यु भएको छ भने संक्रमित हुनेको संख्या ४८ लाख १ हजार आठसय ७५ छ ।

दुई १३ देमा फैलिएको कोरोना भाइरसका कारण अमेरिकामा मात्रै मृत्यु हुनेको संख्या ९० हजार ९ सय नाघेको छ । अमेरिकामा १५ लाख २७ हजारभन्दा बढी संक्रमित भइसकेका छन् ।

पछिल्लो समय रुसमा संक्रमण दर तीब्र रुपले बढेको छ । रुसमा संक्रमितको संख्या दुई लाख ८१ हजार नाघेको छ भने दुई हजार ६ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । अमेरिकापछि सबैभन्दा बढी संक्रमण रुसमा देखिएको छ ।

संक्रमणबाट बेलायतमा ३४ हजार ६ सय, इटलीमा ३१ हजार ९ सय, स्पेनमा २७ हजार ६ सय र फ्रान्समा २८ हजार १ सयभन्दा बढीको ज्यान गइसकेको छ ।

भारतमा कोरोना संक्रमितको संख्या ९५ हजार ७ सय नाघेको छ भने ३ हजार २५ जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै पाकिस्तानमा संक्रमितको संख्या ४० हजार १ सय ५१ पुगेको छ । त्यहाँ ८ सय ७३ जनाले ज्यान गुमाएका छन् ।

विश्वभर १८ लाख ५५ हजारभन्दा बढी संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।