नीति तथा कार्यक्रममा कलाकारको ध्यानाकर्षण

779
views

कोरोनाको असर हेरी चरणबद्ध रुपमा “ललितकला थेरापी” प्याकेज ल्याइनु पर्ने माग गर्दै विश्वकला यात्री प्राज्ञ नगेन सिंह, प्रताव बानियाँ, सुवास भण्डारी र प्रकाश पुनले जिल्ला प्रशासन कार्यालय कास्कीमा ज्ञापन पत्र बुझाउनु भएको छ ।

ज्ञापनपत्र बुझ्दै कार्यालय प्रमुख चित्राङगत बरालले नेपाल आँफै कला संस्कृतिको धनि देश हो । पहिले देखि नै कला संस्कृतिको देश भनेर चिनिएको थियो तसर्थ विभिन्न सुझाव सहितको ज्ञापनपत्र प्रधानमन्त्रीकोमा पठाईदिने बचन व्यक्त गर्नु भयो ।

ज्ञापन पत्रमा हरेक सरकारी विद्यालयमा अनिवार्य ललितकलाको कला गुरु राख्नु पर्ने, विभिन्न श्रोत मार्फत उठेको करबाट निश्चित प्रतिशत ललितकलामा लगाउनु पर्ने, हरेक सरकारी कार्यालयमा अनिवार्य एक कलाकृति राखिनु पर्ने, नेपालका कलाकारहरुको कलाकृतिहरु बैंकमा धितो राखेर ऋण सविधा उपलब्ध गराउनु पर्ने मागहरु रहेका छन् ।

ज्ञापनपत्र प्रताव बानियाँले वाचन गरेर प्रशासन प्रमुख चित्राङगत बराललाई सुनाउनु भएको थियो ।