कथा : डढेलो

155
views

-परशुराम कोइराला

‘जनताका आँखा र कान मात्र खोलिनु षर्छ…, खोलियो भने… ।जनअदालतहरु ब्युँझिने नै भए फेरि …। उत्पीडक सामाजिक भ्रष्ट, बलात्कारी ठगहरु कुलेलम ठोकेर कहाँ पुग्नुपर्ने फेरि …। परनिर्भर विकासे भ्रान्ति र आयातीत विकास त रोकिएला अब , स्वाधीनताका हावाहरु चल्लान् केही ।केही उथलपुथलहरु होलान् ।जनविद्रोहका ज्वालाहरुमा पनि डढ्लान् कोही ।अति भएपछि त विस्फोट पनि त होला नि दाइ… !’

फेरि युद्ध आन्दोलन र अशान्तिका त्रासले सानु गम्भीर देखिंदै थिइन ।मामामाइजु,दिदी,दाइकै पनि अझसम्म अ्तोपत्तो थिएन ।सँगैका निर्दोष साथीसँगातीका पनि अत्तोपत्तो थिएन ।अमर जीवन पाइने आकाङ्क्षाले सन्तान र परिवारका प्रवाह नगरी समाज बदल्न लागेका मोहन भाइका घटनाले पनि पीडित थिइन् उनी ।
गहभरि आँसु टल्कियो उनका ।’महाभारतकै लडाइँजस्तो थियो र पनि परिणाम त्यस्तो भएन ……। न्यायकै लागि थिएन र दाइ …!’ थष्दै थिइन् उनले ।

‘आफ्ना त धरैका क्षति भयो दाइ …! जमुना,उषा, सवीन,बिर्खबहादुर … ,नयाँ युग ल्याउनका लागि … । बाँचेका सारै नभएझैं लाग्छ कहिलेकाँही ।जो हेर्यो स्वार्थै भरिएका रहेछन् … । उत्तरआधुनिकताले छोएका त होलानि … ?’ सानु आफ्ना गुनासा र थुप्रै दुखद भोगाइ पीडाहरू सुनाउदै थिइन् । मोवाइल बज्यो मेरो, उठाएँ । ‘सेनिटाईजर र माक्स चाहिए आएको छ…… तु आउनु …बरु बीसतीस हजार भए ल्याइदिनु न केही दिनलाई …।’

केही प्रतिक्रिया नदिइ मोवाइल काटें मैले । मेडिकल व्यवसायी झ्यामका फोनले भन्दा सानुका पीडाले मभित्र तनाव थपिरहेको थियो । बेलाबखत सन्तानका निधनले पनि निरास थिइन् उनी । दुखले हुर्काएको छोरो भन्थिन् उनी…!

गहभरि आँसु टल्किरहेथ्यो उनको । युद्धमा रविले सहादत पाएपछिका कुनैदिन खुशी अनुहार देखिन्नथ्यो उनको ।योगदानका कदर हुने आशा टुटेकाले पनि सानुका आँखामा पीडामात्रै हुन्थे । सहिदकी जहान भनेर शुरुशुरुका वर्ष पार्टीबाट वास्ता पाएकोजस्तो देखिए पनि पार्टी सरकारमा पुगेपछि हजारौंलाई जस्तै उनका सोधनीपुछनी गर्ने कोही थिएन । संसार जित्ने लाखौंका सपनाहरु पनि भताभुङ्ग भैसकेको पनि मान्थिन् उनले ।

आशालाग्दो नयाँ पार्टीमा लागिन् फेरि ।एकता प्रक्रिया पनि थिए निरन्तर । नयाँनयाँ मान्छेले पार्टी कब्जा गरिसकेका देख्ने पनि कमि थिएनन् । फरक परिस्थिति बनिसकेको थियो । नयाँका भीडमा पहिलेका हराउनु नौलो थिएन । सानु आफै बुझ्थिइन् त्यो ।भोलिका सुन्दर आशा भने उनीभित्र जीवित छ ।

नयाँ मार्गयात्रा सजिलो नहुने पनि बुझ्थिन् सानु ।राम्रो उपचार पनि त कसो नहोला ?आशाका खेती पनि अनौठो नै छ …।

पाका पुराना र इमान्दारिताका कदर हुने आशाले नै मानिसलाई बचाइ रहन्नथ्यो ।आफूसँगैका धेरैजसो पनि नयाँपार्टीबाट विस्थापित भैसकेका भए पनि त्यो अवस्था सधैं नरहने आशामा पनि थिइन सानु ।कसैका चाकडी गर्नुलाई सामन्तकै सेवा गर्नु ठान्थिइन् उनी । खराबलाई खराब भनेर प्रतिक्रिया दिइहाल्ने यो उनको दुर्गुण मानिन्थ्यो । नेतृत्वलाई निरन्तर नरिझाए पार्टीमा क्षमताका कदर नहुने चलनलाई पनि प्राय राम्रो मान्दिन थिइन् उनी । कार्यकर्ताविरुद्धै बदख्याइँ गर्नेलाई पनि पछुताउन परेका घटनाहरू पनि भोगेकै थियो समय । उनीभित्रको स्पष्ट र खुला बानीकै उपज पनि देख्थे धेरैले । समय एकनास पनि सधैं हुन्नथ्यो ।

स्वाभिमान र इमान्दारितामा चोट पुगेपनि असल विचार बोकेका प्राय मानिसहरु बिर्सेर पनि इखालु हुन सक्दैनन् । सानु कोहीप्रति पूर्वाग्रही पनि कहिल्यै देखिन्नथिइन् । देखे लागेको पनि आफ्नाबीच राख्थिन् उनी । मनका कपटीलाई रुच्दैनथ्यो । कार्यकर्तालाई छोराछोरी र सहयात्रीहरूलाई परिवारजस्तै देख्नुपर्ने सिकाइ पनि त गलत थियो र ?  एउटै उद्धेश्यका यात्री …! परिवारका मनमुटावमा वाहिरी दुनियाका प्रभावकै परिणाम असफल देखिनुपर्छ मानिस …!

हुण्डरी मच्चिदै थियो अरु । आक्रोसका डढेला मात्रै पनि समाधान होइन भन्थ्यौं सम्झाउँथ्यौं । नातावाद, कृपावाद …शक्ति दुरुपयोग …सम्झदै सानु पूर्वतिर फर्कन्छे र निकैवेर टोलाउँछे । अगाडि देखिएका विधवा महिला र सुनौला सपना देखिरहेका अरु धेरैका उपस्थिति र अनुहारका आकाङ्क्षाले उत्तरका भोक खोजिरहेका लाग्थ्यो । उनीहरुका आरोप झैं, युगसंवेदनाच्युत वौद्धिकहरुका महत्व पनि म बुझ्दिनथें । निर्णय लिनेदिनेदेखि भ्रष्टपन विकास र समग्र ढिलासुस्तीका जड अरु लाग्दैनथे । ‘परिवर्तन क्रम पनि त रोकिदैन आखिर …!’सानु थप्दै थिइन् क्रान्ति इतिहासका थुप्रै अनुभवहरू अरू …।

‘…परिवर्तनका दौरानमा सामान्य उतारचढाब त आउँछन् कहिलेकाँही …नानी ! तर समय गतिशील छ नि हैन र …?’

‘……थाहा नभएको पनि होइन दाइ ! एकचरणका शक्तिशाली अर्का चरणमा पतन भएको पनि देखिएकै हो …। मैं हुँ भन्ने शासक त ढलेका इतिहास छ …!’ सानु गम्भीर देखिदै सुस्केरा छोड्दै बाटा लागिन् । विकसित परिस्थितिलाई दोषारोपण गर्दै अरु केही पनि आक्रोशित हुँदै बाटा लागे । तर सानुका मनमा भने भयङ्कर डढेलो दन्किरहेको थियो ।मभित्र संयमताका आँधी उर्लिरहेको थियो । तर पनि म भित्रको संयमता आँधीले त्यो भयङ्कर डढेलोलाई साम्यपार्ने तागत भने राख्न सकेन । (पोखरा )