दैलेखको ठाँटीकाध गाउँपालिकाका सबै वडा सिल

2419
views

जितेन्द्र थापा
दैलेख, ६, जेष्ठ । ठाँटीकाध गाउँपालिकाको छिमेकी नगरपालिका आठबीस नगरपालिकामा भारतबाट आएका एक व्यक्तिमा कोरोना संक्रमण देखिएपछि ठाँटीकाध गाउँपालिकाका सबै वडाहरु सिल गरिएको छ ।

ठाँटीकाध गाउँपालिकाले सूचना टाँस गर्दै गाउँपालिकाभित्रका सबै वडाहरु सिल गरेको जानकारी गराएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ रोकथामका लागि गाउँपालिकाका सबै वडा शिल गर्दै एक टोलबाट अर्को टोल र एक घरबाट अर्को घर जान नपाइने गरि सिल गरिएको अध्यक्ष धिर बहादुर शाहीले बताए ।

शाहीले छिमेकी नगरपालिका आठबिस नगरपालिकामा भारतबाट आएका एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि जेठ६ ५ गते बसेको सर्वपक्षिय बैठकले सबै वडा सिल गर्ने निर्णय गरेको बताए ।

यस्तै अर्को सुचना जारी नभएसम्मका लागि गाउँपालिका प्रवेश गर्ने सम्पुर्ण नाकाहरु सिल गरिएको समेत शाहीको भनाई छ ।

गाउँपालिकामा अर्को सुचना जारी नभएसम्म मेडिकल सेवा बाहेकका सम्पुर्ण पसल, ब्यावसाय, बैङ्किङ सेवा अर्को हप्तासम्मको लागि बन्द गर्ने निर्णय गरिएको शाहीले बताए ।