नयाँ २७ जनामा संक्रमण, संक्रमित संख्या ४०२

88
views

काठमाडौं,६, जेष्ठ । मंगलबार एकैदिन २७ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ४०२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी गराएका छन् ।

मंगलबार विभिन्न जिल्लामा गरेर २४ पुरुष र तीन महिलामा कोरोना पोजिटिभ देखिएको छ । संक्रमितमध्ये झापाका ९ जना छन् भने काठमाडौं उपत्यका (काठमाडौं ३, भक्तपुर र ललितपुर एकएक) मा पाँच जनामा कोरोना पोजिटिभ देखिएको छ । सँगै कपिलवस्तुमा चार जनामा कोरोना पोजिटिभ देखिएको छ । मोरङ, सुनसरी, मकवानपुर, रामेछाप, सिन्धुली, लम्जुङ र नवलपरासीमा एकएक र सर्लाहीमा दुईजनामा कोरोना पुष्टि भएको हो ।

अहिलेसम्म संक्रमित मध्ये ३४० पुरुष हुन भने ६२ महिला छन् । ३७ जना भने निको भएका छन् । सबैभन्दा धेरै प्रदेश ५ मा १ सय ७६ जनामा कोरोना पोजिटिभ देखिएको छ । प्रदेश २ मा १ सय ३६, प्रदेश १ मा ५४, बागमती प्रदेशमा २७, सुदूरपश्चिम प्रदेशमा ५, गण्डकी प्रदेशमा ४ र कर्णाली प्रदेशमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा कोरोना भारसका कारण दुईजनाको मृत्यु भइसकेको छ ।