प्रधानमन्त्री सच्चिने छाँटकाँट देखिएन – भट्टराई

569
views

काठमाडौं, ६, जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा नीति तथा कार्यक्रमाथि सांसदहरुले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिएपछि पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कडा टिप्पणी गरेका छन् ।

समाजवादी पार्टी नेपालका सांसद समेत रहेका डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना कमिकमजोरी स्वीकार्ने र सच्चिने कुनै छाँटकाँट नदेखाएको टिप्पणी गरेका हुन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत भट्टराईले प्रधानमन्त्रीको तीनघण्टाको स्पष्टीकरण सुन्दा वहाँमा आफ्ना कमिकमजोरी स्वीकार्ने र सच्चिने कुनै छाँटकाँट देखिएन । कोरोना, राष्ट्रियता, लोकतन्त्रका व्याख्यान सुन्दा अल्पज्ञान र अहंकारको भयंकर ककटेल देखियो । लिपुलेक नक्साको ब्याज भजाएर अकंटक कुशासन चलाउने र देशलाई बर्बादीमा लैजाने बुझियो ।