विश्वभर संक्रमितको संख्या ५० लाख नजिक

516
views

एजेन्सी, ७, जेठ । विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ५० लाख नजिक पुगेको छ । पछिल्लो तथ्यांक अनुसार मृतक संख्या तीन लाख कटिसकेको छ ।

प्रत्येक दिन एक लाखको हाराहारीमा संक्रमित संख्या बढिरहेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर कोभिड १९ भएकाहरु ४९ लाख ८२ हजार ८ सय ४५ छ । अबको केही घन्टामा संक्रमित संख्या आधा करोड पुग्ने देखिन्छ ।

सबैभन्दा बढी अमेरिकामा १५ लाख ७० हजार संक्रमित र मृतक संख्या ९३ हजार ५ सय पुगेको छ । दोस्रो स्थानमा रुस रहेको छ । त्यहाँ २ लाख ९९ हजार संक्रमित र मृतक संख्या २८ सय ३७ छ । स्पेनमा २ लाख ७८ हजार पुगेको छ ।

कोरोना रोकथामलाई बेवास्ता गर्दा ब्राजिल अहिले चौंथो स्थानमा पुगिसकेका छन् । त्यहाँ २ लाख ७८ हजार संक्रमित भएका छन् । संक्रमितमध्ये मृतक संख्या २७ हजार ७ सय पुगेको छ ।

बेलायमा २ लाख ४८ हजार, इटालीमा २ लाख २६ हजार पुग्दा भारतमा १ लाख ६ हजार पुगेको छ । यसरी विश्वभर कोरोना भाइरसको महामारी भयावह बन्दैछ ।