अंपुनका खतरनाक असर, भारतको समुन्द्री तट नजिक

1078
views

एजेन्सी, ७, जेठ । बँगालको खाडीबाट बढिरहेको ठुलो चक्रवात अंपुनले खतरनाक असरहरु देखाउन थालेको छ । अंपुन भारतको पश्चिम बँगाल र उडिसा राज्यको समुन्द्र किनारको नजिक पुगेको छ । त्यहाँ वर्षा समेत हुनथालेको छ ।

अबको केही घन्टाभित्र यो निकै खतरनाक बन्ने भारतको मौसम पूर्वानुमान विभागले जनाएको छ । चक्रवात हिजोसम्म १४ किलोमिटर प्रतिघन्टाको दरले समुन्द्री किनारतर्फ बढिरहेकोमा खतरनाक गति लिइसकेको छ । यो उडिसाको किनारमा पुग्नै लागेको छ र ५७० किलोमिटर प्रतिकिलोमिटर वेगमा परिणत भएको छ । पश्चिम बँगालको दिगामा पुग्दा ७२० र बँगलादेशको खेपुपारा पुग्दा ८४० किलोमिटर प्रतिघन्टा वेगको हुनेछ ।

चक्रवात आज साँझसम्म पश्चिम बँगालको दिगामा पुग्नेछ । यसले ठुलो क्षति पुग्न सक्ने भन्दै भारतको गृह मन्त्रालयले शतर्कता अपनाइसकेको छ । चक्रवात पुग्ने समुन्द्र किनारका दशौं लाख मानिसलाई सुरक्षित क्षेत्रमा लगिएको छ ।

चक्रवातले नेपालमा पनि असर देखिनेछ । यसको प्रत्यक्ष प्रभाव नरहेपनि अप्रत्यक्ष प्रभाव रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण पूर्वी भू–भागका धेरै स्थानहरुमा आज मेघगर्जनसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको छ । मध्य भागका केही स्थानहरुमा पनि वर्षाको सम्भावना छ ।