कोरोना संक्रमितको मृत्यु भएको छैन– अस्पताल

719
views

क्षमायाचनासहित भूल सुधार
कोरोना भाइरस (कोभिड (१९) संक्रमणबाट गुल्मीका ४१ वर्षीय पुरुषको रुपन्देही, मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको समाचार अस्पतालका सञ्चालक दुर्गा पाण्डेका साथै विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारका आधारमा हामीले पनि प्रकाशित गरेका थियौं ।

तर, अस्पतालले उनी जिउँदै रहेको भन्दै वक्तव्य जारी गरेका कारण समाचारमा तथ्यगत त्रुटी ठहरिन गएकाले क्षमायाचना सहित उक्त समाचारको कन्टेन हटाइएको छ । यसबाट आम पाठक वर्ग एवं बिरामीका परिवारजनमा पर्न गएको मर्काप्रति क्षमायाचना गर्दछौं नवदृष्टि डटकम