उपत्यकाका सबै नाका ‘सिल’ गर्न गृहको पत्र

590
views

काठमाडौं, ८, काठमाडौं । गृहमन्त्रालयले लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा बाहेक उपत्यका प्रवेशमा निषेध गर्न उपत्यकाका सबै स्थानीय तहलाई अनुरोध गरेको छ । उपत्यकाका जनप्रतिनिधिको छलफलपछि गृहले यस्तो निर्णय गरेको हो । जेठ १ गतेको बैठकमा भएको छलफलको निर्णयलाई कार्यान्वय गर्न भन्दै गृहले उपत्यकाका सबै स्थानीय तहलाई यस्तो अनुरोध गरेको हो ।

स्थानीय तहको माग अनुसार उपत्यका छिर्ने नाका बन्द गर्ने गरी गृहमन्त्रालयले सबै स्थानीय तहलाई पत्र पठाएको छ । पत्रमा लुकिछिपी हुने प्रवेशलाई समेत पूर्ण पमा रोक्न आग्रह गरिएको छ । त्यस्तो पाइएमा कारवाही समेत गर्ने समेत बताइएको छ ।

अत्यावश्यक काममा उपत्यका प्रवेश गर्नुपर्ने भएमा उपत्यका प्रवेश पूर्व स्वयं आफ्नो खर्चमा उपलब्ध भएसम्म आरडीटी परीक्षण गरी रिपोर्ट साथ काठमाडौं उपत्यका प्रवेश अनुमतिका लागि माग गर्नुपर्ने गृहको पत्रमा उल्लेख भएको बताइएको छ ।