भान्सामा बाँदर, फलेवासमा खेतीबाली नष्ट

2015
views

निर्मल पौडेल
पर्वत, ८, जेठ । पर्वतको फलेवास नगरपालिकामा बाँदरले आतंक मच्चाएको छ । बाँदरको आतंकले खेतीबालीमा मात्र होईन भान्सामा पकाएर राखेको खान समेत नपाउने अवस्था आएको हो । फलेवास नगरपालिका ७ लिमिठानामा बादरको बथानले भान्सामा पकाएर राखेको खाना समेत खाइदिएको हो ।

लिमिठाना आँटिघरकी स्थानीय चन्द्रवती पौडेलले भनिन् “बादरले घरवास नै उठाउलान जस्तो छ,जे खेती लगाए पनि केही खान दिदैनन वारीमा भर्खरै गोडेका मकै जति सवै सोत्तर छन, करेसावारीमा जे तरकारी फलाए पनि खान दिदैनन, पार्नु हैरानै पारेका छन्, आज भान्सामा पकाएर राखेको भातको कसौंडी समेत बारीमा पुर्याएर खाए ।

“पौडेलजस्तै साविकको लिमिठाना–७ की बविता श्रेष्ठलाई पनि यो भन्दा ठूलो हैरानी र दिक्दारी बाँदर वाट भोग्नुपरिरहेको छ । उन्ले पनि आक्रोश पोख्दै भनिन् “जे लगाए पनि केही खाना दिदैनन, खेतवारीको त खाएका थिए घरमा आँटिमा राखेको अनाज समेत खान दिएनन्, कस्लाइ के भन्ने? मरीमरी दुख गर्यो नफल्दै खाइदिन्छन,अलिअली जोगएर थन्काइयो भन्न पनि दिएनन् ,मकैका झोतेली जति सके भकारीमा अलिअली भएको समेत केही राख्ने भएनन् । कति लखेट्ने आजभोलि त टेर्दा पनि टेर्दैनन्, महिला केटाकेटीलाई त झन झम्टनै आउँछन् ।

‘‘यस्तै अर्का स्थानीय सुवास रेग्मीले थपे “बाँदरले त विधम्श नै मच्चाएका छन, लखेटेर अल्लि पर पुर्यायो फेरि आहिहाल्छ्न्, विहान धानको बीऊ छरेर आयो खाना खाएर पानी लगाउन जाँदा केही छैन ।’’ यी त प्रतिनिधि बोली मात्र हुन । रातो बाँदरको हुलले कल्मुखेले फलेवासका किसानहरुलाई सताइरहेका छन ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण मकै जोन परियोजना मार्फत बीउ खरीद गरी सुङ्गुरे वारीको करिव १ सय रोपनीमा लगाएको मकै वादरले सखापनै पारेको छ। लिमिठानामा जस्तै नगरपालिकाका वाड नम्वर ६ देबिस्थान, ८ ठानामौला, ९ भगरा, १० कुर्घा र ११ पाङराङमा वादरले वढी दुख दिएको हो । नगरपालिकाका प्राय वाडहरुमा बाँदरले सास्ती पुर्याउदा स्थानियले हरेक साल हैरानी खेपिरहनु परेको छ ।

कृषि मार्फत सम्वृद्धी हासिल गर्नका लागि नगरपालिका र सम्वन्धित निकायको ध्यान जान जरुरी देखिन्छ । फलेवास लाई खाद्यान्न वाली मकैको पकेट क्षेत्र मानिन्छ । जिल्लाकै महाशिला गाउँपालिकाले भने बादर नियन्त्रणलाई प्राथमिकता दिएर अग्रसरता देखाइरहेको छ ।