नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुग्यो

698
views

काठमाडौं, ८ जेठ । झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टिसँगै नेपालमा संक्रमितको संख्या ४५३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कचनाकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

१७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षका उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरी रुपन्देहीका २७ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये ३ सय ८३ जना पुरुष र ७० जना महिला रहेका छन् ।