बाहिरी चक्रपथ निर्माणमा नगरवासीको विरोध

876
views

पर्वत, १०, जेष्ठ । फलेवास नगरपालिकाले बाहिरी चक्रपथ निर्माणगरी सडकको पहुँच विस्तारमा विशेष जोड दिएको छ । नगरपालिकाले बाच्छाखोला–पाङराङ, कुर्घाडाँडा सात्ले, सलिनधारा घन्तरी, बाउनीमारा–वयाले (कार्कीनेटा), भुजेल स्वाँरा–नुवार–रुग्दी, तातोपानी हँुदै देस्थिान जोड्ने अवधारणाको बाहिरी चक्रपथ निर्माणलाई विशेष जोड दिएको हो ।

नगरपालिकाभित्रका सबै वडाका साथै लोकमार्ग समेत जोड्ने चक्रपथ निर्माणका लागि फलेवास नगरपालिकाले एककरोड रुपैयाँ विनियोजन गरेको नगरप्रमुख पदमपाणी शर्माले बताए ।

उनले नगरपालिकाले विशेष महत्वका साथ निर्माण गर्न लागेको बाहिरी चक्रपथले यस क्षेत्रका सबै सर्वसाधारणहरु लाभान्वित हुने भन्दै लोकमार्ग जडित ठाउँमा ३० मिटर र अन्य ठाउँमा आठ मिटरको सडक रहेको जानकारी दिए ।

उक्त सडकले फलेवास–दोविल्लाका साथै लोकमार्ग समेतलाई समेट्छ नगरपालिका प्रमुख शर्माले भने ‘चक्रपथ सडक निर्माणका लागि कुनै ठाउँमा समितिमार्फत र कुनै भागमा मुख्य टेण्डर मार्फत निर्माण गर्न लागिएको हो ।’

बाहिरी चक्रपथ निर्माणका लागि भएको सर्वेमा नगरवासीले भने चर्को विरोध जनाएका छन् । सो सडक अन्र्तगत पर्ने जग्गादाताहरुले नगरपालिकाले नगरवासीलाई मुआव्जा नै नदिई गरीबमारा सडक निर्माण गर्न लागेको आरोप लगाएका छन् ।

फलेवास नगरपालिकाको वडा–३ र वडा नं ४ का स्थानीयले आँफुहरुसँग भएको थोरै जग्गा सडकलाई दान गर्न नसकिने भन्दै वैकल्पिक स्थान छाडेर खेतीयोग्य जमिन नष्ट गर्न नगरपालिकाले बलमिचाई गरेको आरोप लगाएका छन् ।

नगरपालिकाले स्थानीयको खेतीयोग्य जमिन नष्ट गरी सडक निर्माण गरे अदालत धाउनुको विकल्प नरहेको चेतावनी समेत दिएका छन् । नगरपालिकाले इन्जिनियरहरुको टोली सहित शुक्रबार वडा नं ३ को नुवारदेखी वडा नं ४ अन्र्तगत रुग्दीखण्डमा स्थानीयवासीले विरोध जनाएका हुन् ।

नगरपालिकाले योजना व्यवस्थापन प्रमुख देवि प्रसाद तिमिल्सिना, ईन्जिनियर केशव चालिसे र अनिल गुरुङसहितको टोली सर्वेको लागि गएको थियो तर, स्थानीयले चर्को विरोध गरेका थिए ।
चmत्रपथ निर्माणको लागि स्थानीयले विरोध गरेपनि उक्त सडकले बहुसंख्यक मानिसहरु प्रत्यक्ष लाभान्वित हुने भएकोले उक्त सडक आवश्यक रहेको र सो सडक अहिले सर्वे भइरहेकै ठाउँबाट निर्माण हुने नगरपालिका वडा नं ३ का अध्यक्ष अर्जुन बहादुर कार्कीले जानकारी दिए ।

विश्व महामारीका रुपमा फैलिरहेको कोरोना संकटमा नगरपालिकाले दुईसयभन्दा बढी स्थानीयलाई जम्मा गरी सर्वेक्षण गरेको भन्दै त्यसतर्फ नगरपालिकाले गम्भिर भएर सोंच्न समेत स्थानीयले आग्रह गरेका छन ।