डिल्लीबजार कारागारभित्र कैदी–कैदीबीच झडप

484
views

जेठ ११, काठमाण्डौ । काठमाण्डौंको डिल्लीबजार कारागारमा केदीहरुबीच झडप हुँदा तीन जना घाइते भएका छन् ।

आज बिहान कारागारभित्र नै झडप भएको हो । घाइते तीन जनालाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।

प्रहरीका अनुसार कैदीबन्दीले कारागारभित्रै नाराबाजीसमेत गरेका थिए । कारागार कार्यालयमा भित्रबाट ताला लगाएर प्रदर्शन गरिएको समेत जनाइएको छ ।