आर्थिक हिनामिना गर्ने सैनिक अधिकृतलाई कार्वाही

626
views

काठमाडौं, ११, जेष्ठ । नेपाली सेनाका तीन सैनिक अधिकारी कार्वाहीमा परेका छन् । समरी जनरल सैनिक अदालतले सैनिक आवासिय महाविद्यालय भक्तपुरमा कार्यरत रहंदा सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोगमा दोषी तीन सैनिक अधिकृतलाई कार्वाही गर्ने फैसला गरेको छ । उनीहरुलाई सैनिक ऐन २०६३ बमोजिम कारवाही गरेको नेपाली सेनाले जनाएको छ ।

सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित श्री सैनिक आवासिय महविद्यालय, भक्तपुरमा आर्थिक अनियमितताका विषयमा सत्यतथ्य छानबिन गर्न सहायक रथीको अध्यक्षतामा गठित कोर्ट अफ इन्क्वायरी बोर्डले महासेनानी भुपालमान अधिकारी, प्रमुख सेनानी देव बहादुर क्षेत्री, हुद्धा यज्ञराज पोखरेल, गणेश बहादुर अधिकारी र लेखा आ.सह–सेनानी सुरेन्द्र विक्रम भण्डारीलाई कार्वाही गरेको जनाएको हो ।

नेपाली सेनाले १८ जनालाई आर्थिक अनियमितता सम्बन्धी मुद्दा चलाएको थियो । जसमध्ये महा–सेनानी भुपालमान अधिकारीबाट एक करोड पचासी लाख चालीहजार एकसय आठ रुपैया एघार पैसा, प्रमुख सेनानी देव बहादुर क्षेत्रीबाट चारलाख चालिस हजार रुपैयाँ, यज्ञराज पोखरेलबाट तीन लाख साठी हजार, गणेश बहादुर अधिकारीबाट दश हजार रुपैयाँ असुल उपर गर्ने ठहर फैसला भएको जनाएको छ ।