बाख्रालाई हाडनातामा संसर्ग गराउन नहुने

602
views

महेन्द्र जिसी
पर्वत, ३१, जेठ । पछिल्लो समयमा जिल्लाका प्राय कृषकहरु बाख्रापालन व्यावासयमा उत्सुक देखिएका छन् । वैदेशिक रोजगारबाट फर्किएका युवा हुन अर्थात वेरोजगार युवा हुन उनीहरु बाख्रापालन व्यावसायमा तल्लिन छन् । बाख्रापालन व्यावसायलाई मुख्य पेशा बनाएका युवाहरु सफल देखिएका बेला जिल्ला पशशुसेवा कार्यालय पर्वतले तीनदिने तालिम समपन्न गरेको छ ।
कार्यालयका अनुसार व्यवसायीक रुपमा बाख्रापालन गर्दै आएका तीन दर्जन कृषकहरुलाई जिल्ला स्तरीय तालिमको आवश्यकता अनुसार तालिम दिइएको जनाएको छ ।
तालिममा कृषकहरुलाई बाख्रामा देखा पर्ने रोग तथा त्यसको निधान र व्यवसायीक बाख्रापालनमा नश्ल सुधार, हाड नातामा संसर्ग गराउन नहुने लगायतका विषयमा जानकारी गराइएको हो । तालिममा सहभागी कृषक दुर्गा तिवारी र डिल्लीराम शर्माले ज्ञानमुलक तालिमले बाख्रापालक व्यावसायीलाई थप आम्दानीमा सहज बनाएको बताए ।
तालिममा कुश्मा नगरपालिका र फलेवास नगरपलिकामा व्यवसायीक बाख्रापालन गरेका कृषकहरुलाई समावेस गरीएको थियो । घाँस व्यवस्थापन, खोर सुधार, नश्ल सुधार, उन्नत जात लगायतका विषयमा कृषकहरुलाई जानकारी गराईएको प्रशिक्षक विष्णु बहादुर पाण्डेले बताए ।