इद उल फित्रमा राष्ट्रपतिद्वारा शुभकामना

608
views

काठमाडौँ, १२, जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले आपसी सद्भाव, सहिष्णुता, भातृत्व एवम् पारस्परिक सहयोगलाई थप प्रगाढ बनाउन पर्वहरुले प्रेरित गर्ने बताएका छन् ।

राष्ट्रपति भण्डारीले इस्लाम समुदायको इदुल फित्रको अवसरमा शुभकामना सन्देश दिदै जातजाति र समुदायको आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्वद्र्धन र विकासमा पर्वहरुले टेवा पुर्याउने विश्वाससमेत व्यक्त गरेका छन् । उनले नेपालीबीच राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यबद्धताको भावना सुदृढ भई सभ्य, समुन्नत र समृद्ध समाज निर्माण गर्न ईद पर्वले थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले देशभक्तिलाई केन्द्रमा कायम राख्दै गरिने अक्षुण्ण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता भएको बताएका छन् । प्रधानमन्त्री ओलीले इस्लाम समुदायको इदुल फित्रको अवसरमा शुभकामना सन्देश दिदै भने, “लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै गरिने अहिष्णुता हाम्रो राष्ट्रिय विशेषता हो ।”

उनले नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त सुन्दर देश भएको चर्चा गर्दै भने, “यस्ता विशेषताहरु यहाँ मौलिक पूँजीको रुपमा रहेका एकता छन् । (गोरखापत्रबाट)