कोरोनाका कारण विश्वभर ३ लाख ४६ हजारको मृत्यु

461
views

काठमाडौं, १२, जेष्ठ । कोरोना भाइरसको महामारीबाट विश्वभर ५४ लाख ९४ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा ९६ हजार ५०५ नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ५४ लाख ९४ हजार ४५५ पुगेको छ । विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट संक्रमितमध्ये २२ लाख ९९ हजार ३४५ जना संक्रमण मुक्त भएका छन् ।

बितेको २४ घण्टामा २ हजार ८२६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३ लाख ४६ हजार ४३४ पुगेको छ । २८ लाख ४८ हजार ६७६ जनाको उपचार भइरहेको छ । उपचारारत मध्ये ५३ हजार २२४ जनाको अवस्था गम्भिर छ ।

सोमबार बिहान ६ बजेसम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६९ हजार ८४४ जनाको मृत्यु भएको छ । १९ लाख १ हजार ७४९ जना संक्रमित भएकोमा ८ लाख ८२ हजार ६०७ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख १४ हजार १६९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १८ लाख ७७ हजार ३४९ पुगेको छ । त्यसमध्ये ५ लाख ५९ हजार ९८१ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा २७ हजार ४५५ जनाको मृत्यु भएको छ । ९ लाख ६० हजार ४१८ जना संक्रमित भएकोमा ५ लाख ५९ हजार ५८५ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ३१ हजार ४७२ जनाको मृत्यु भएको छ । ६ लाख ३१ हजार ८४० जना संक्रमित भएकोमा २ लाख ४२ हजार १८७ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ३ हजार ३५६ जनाको ज्यान गएको छ भने १ लाख १३ हजार ६५६ जना संक्रमित छन् । संक्रमितमध्ये ४६ हजार २६९ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२३ जनाको मृत्यु भएको छ । ८ हजार ७२२ जना संक्रमित भएकोमा ८ हजार ६५ जना संक्रमणमुक्त भएका छन् ।

कोरोना भाइरसको महामारीले अमेरिकामा ९९ हजार ३०० जनाको मृत्यु भएको छ । संक्रमित १६ लाख ८६ हजार ४३६ जनामध्ये ४ लाख ५१ हजार ७०२ जना संक्रमणमुक्त भएका छन् ।