नेपालमा चौंथो व्यक्तिको मृत्यु कोरोनाबाटै भएको पुष्टि

834
views

सीताराम थापा । नेपालमा चौंथो व्यक्तिको मृत्यु पनि कोरोना पोजेटिभबाटै भएको पुष्टि भएको छ । वीरगन्जको नेशनल मेडिकल कलेजमा जेठ ४ गते मृत्यु भएका बारा कलैयाका एक वृद्धमा पनि कोरोना पोजेटिभ पुष्टि भएको हो ।

७० वर्षीय ती वृद्ध मिर्गौलामा समस्या देखिएपछि नेशनल मेडिकल कलेजमा भर्ना भएका थिए । नारायणी अस्पतालका सुपरिटेन्डेन्ट मदनकुमार उपाध्यायले ती वृद्धको स्वाब जाँच्दा कोरोना पोजेटिभ आएको बताए ।

‘शंकास्पद लक्षण देखिएका उनको स्वाब कलेक्सन गरेर परीक्षणका लागि काठमाडौं पठाएका थियौं अहिले भर्खरै पोजेटिभ नतिजा आयो भनेर मलाई इमेल आएको छ,’ उनले भने । ती वृद्धमा मिर्गौलाको समस्या पनि रहेको पर्साका जिल्ला सहायक प्रमुख ललित बस्नेतले जानकारी दिए ।

ती मृतकका परिवारले उनको अन्तिम संस्कार गरिसकेका छन् । यसअघि सिन्धुपाल्चोककी सुत्केरी महिला, बाँकेका युवक र गुल्मीका एकजना शिक्षकको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।