प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै

510
views

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार साँझ ५स्३० बजे राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्नुहुनेछ’ त्यसअघि साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ ।’

भारतले अतिक्रमित गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेक सिमेटिएर नेपालले नयाँ नक्सा जारी गरेपछि उत्पन्न राजनीतिक तरंगबीच ओलीले गर्ने सम्बोधनलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड (१९) लाई सामना गर्न अपनाउनुपर्ने रणनीति, राहत र सावधानीबारे प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने बताइएको छ ।