पर्वतको नयाँ सिडियोमा रेग्मी आउँदै

2121
views

पर्वत । पर्वत जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालको सरुवा भएको छ । उहाँको सरुवासँगै पर्वतमा नयाँ प्रजिअको रुपमा गृह मन्त्रालयमा कार्यरत उपसचिब शम्भुप्रसाद रेग्मी आउनुहुने भएको छ ।

पर्वतमा एक बष देखि कार्यरत प्रजिअ घिमिरे नेपालको चितवनमा सरुवा भएको । नेपाललाई चितवनको सहायक सिडिओमा सरुवा गरिएको छ ।

गृह मन्त्रालयले ४ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको हो । गृह मन्त्रालयले सोमबार पर्वत बाहेक बाँके, सप्तरी र जुम्लाका सिडिओको सरुवा गरेको हो ।

मन्त्रालयका अनुसार स्याङ्जाका सिडिओ राम बहादुर कुरुम्वाङको बाँकेमा सरुवा भएको छ भने बाँकेका सिडिओ कुमार बहादुर खड्कालाई मन्त्रालयमा तानिएको छ । स्याङ्जामा कसलाई पठाउने भन्ने निणर्य भई सकेको छैन । सप्तरीमा गृह मन्त्रालयका सहसचिव शंकरहरी आचार्यलाई पठाइएको छ । सप्तरीका सिडिओ अध्यागमन अन्तर्गतको कार्यालयमा सरुवा गरिएको छ ।

त्यस्तै जुम्लामा मन्त्रालयका उपसचिव भूपेन्द्र थापालाई सिडिओको जिम्मेवारी दिई पठाइएको छ भने जुम्लाकी सिडिओ दुर्गा बन्जाडेलाई पाल्पाको सहायक सिडिओमा सरुवा गरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।