भारत सीमा विवाद वार्ताबाट भागिरहेको छ : गजुरेल

429
views

काठमाडौं, १३, जेठ । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष एवं प्रभावशाली नेता सीपी गजुरेलले सीमा विवाद सम्बन्धमा वर्तमान सरकारलाई भारतले नटेरेको बताए । उनले भारतले सरकारलाई नटेरेकै कारण वार्ताको वातावरण बन्न नसकेको बताए ।

विगत लामो समयदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कालापानीमा अब दुई प्रतिशत विवाद मिलाउन बाँकिरहेको भन्दै आएपनि उनि यो सरकारसँग वार्ता बस्न नचाहेको देखिएको अध्यक्ष गजुेलको भनाई थियो ।

नेता गजुरेलले भारतसँग नेपालले युद्ध नचाहेको र आफ्नो अधिकार मात्रै खोजेको भन्दै पछिल्लो समयमा आएर भारत वार्ताबाट भागिरहेकोले सीमा सम्बन्धी नयाँ नक्सालाई चाडै अन्तराष्ट्रियकरण गर्नुको विकल्प नभएको दावी गरे ।

सीमामा बसेर अरु सवै नचाहिने काम गर्न भारतलाई कुनै पनि कुराले नछेक्ने तर, जव नेपालले वार्ताको कुरा उठाउँछ त्यसपछि विभिन्न बहाना बनाउदै आएको भारतलाई अहिले कोरोनाले छेक्ने बहाना मिलेको गजुरेलको धारणा रहेको छ । उनले नेपाल सरकारले भारतीय प्रधानमन्त्री मोदीलाई बोकेर वार्तामा राख्न नमिल्ने भन्दै यसलाई तत्काल अन्तराष्ट्रियकरण गरेर सुरक्षा परिषद्मा जानुपर्ने जनाए ।

गजुरेलले कोरोना संक्रमण नियन्त्रण र राहतमा सरकार गम्भिर रुपमा चुकेको भन्दै भने,‘ प्रधानमन्त्रीको संबोधनमा राहत कार्यक्रम घोषणा गर्ने अपक्षा गरिएको थियो । अहिले दिनदिनै पकाएर खानुपर्ने भोक भोकै छन । तर, तिनिहरुका लागि राहत आएन । विदेशी नागरिक ल्याउने काम पनि विदेशीको दवावमा मात्रै हुदैछ । भारतले सीमामा ल्याएर छोडेको छ । उनिहरुलाई कहाँ राख्ने त्यो पनि छैन । लकडाउन हटायो भने झन समस्या छ । यो महामारी फैलियो भने नेपालमा धेरै खतरा छ तर, सरकार बुझ्दैन ।’