अन्तरजातीय प्रेमकै कारण ज्यान गुमाउन वाध्य नवराज वि.क.

2354
views

–हिमाल रसाईली
पश्चिम रुकुम २०७७ जेष्ठ १० गतेको त्यो जाजरकोटको घटना हो जाजरकोट भेरी नगरपालिका वडा नम्बर ४ रानागाउँका २१ बर्षिय नवराज वि.क. र पश्चिम रुकुमको चौरजाहारी नगरपालिका वडा नम्बर ८ सोति कि १७ बर्षिय सुष्मा मल्लबीच तिनबर्ष लामो समय देखि प्रेम सम्बन्ध रहेको बेला प्रेमिकाले मलाई लिन आउनुपर्यो भनेर पटक पटक आग्रह गरेपछि रुकुमको पश्चिम पुगेका नवराज वि.क. लगायत उनको साथमा धेरै साथीहरु साथमै गएका थिए । उनीहरु त्यो गाउँमा गएर आँफु गएको कुरा सबै गाउँलेहरुले थाहा पाइसके पछि सोही वडाका वडा अध्यक्ष डम्बर बहादुर मल्लको निर्देशन अनुसार सबै गाउँलेहरु मिलेर कुटपिट गरि सामुहिक हत्या गरेका छ्न भेरी नदिमा हाम फालेको खबर आएपनि स्थानीयका अनुसार ढुङ्गा मुढा र कुटपिट सहित भेरि नदिमा फालिएको हो मृतकहरु भेरी नगरपालिका ४ का २१ बर्षिय नवराज वि.क. र दुईदिनपछि टिकाराम सुनार र गणेश बुढाको लास भेटिएको थियो प्रेम सम्बन्ध राखेकै कारण दलित भएकै कारण उनले ज्यान गुमाउनुपर्ने कुरा देश कै लागि लाजमर्दो छ प्रेम गरेकै कारणले ज्यान गुमाउनुपर्ला भन्ने कुरा नसोचेका नवराजले ज्यान गुमाउनु र्पयो ।

उता आमा उर्मिला बिश्वकर्मा छोरो बुहारी ल्याई घर फर्किन्छ भनेर बसेका बुबा आमा मृत अनुसार हेर्नुपर्ने दिन आएछ । अब कति दलितहरुले कहिलेसम्म हो । यो दिन अन्य भएको हेर्ने छुवाछूत अन्त्य भयो भनेर ठूला ठूला नारा दिने व्यबहार भने सामन्ति प्रवृत्ति कहिले परिवर्तन नगर्नु मुलुकी ऐन २०२० जारी भैसकेपछि कुनै किसिमका जातिय विभेद गर्न पाइदैन भने पनि विभेद चाँही चरम कुर अमानवीय व्यबहार निरन्तर चलिरहेको छ । १०६८ साल जेठ १० गते छुवाछूत सम्बन्धित थप ऐन कानून सदनबाट पास भएको पनि केवल कागजमा मात्र सिमित छ । उपल्लो जात भन्नेहरुका पढेलेखेकामा मानिसहरु नै नबुझे जस्तो पशुजस्तो काम गर्छ्न अझ अझ घटनालाई ढाक्न कम्मर कसेर लाग्छ्न ति सामन्तवादी सोंचले गर्दा अझ यस्ता पीडा कैयौं हुन सक्छ । अनि यस्तै अवस्था रहेमा दलितहरुले बिभेद रहित समाजको परिकल्पना गर्ने संविधानमा ऐन कानून प्रसस्त भएपनि कागजमा मात्र सिमित छ्न् ।

२१ औ शताब्दीमा आएरपनि यस्ता जघन्य र अमानवीय व्यबहार सहेर कति दिनसम्म बस्ने यो शताब्दी बिज्ञान र प्रबिधिको युग हो यस युगमा पनि हामी दलित समुदायका लागि पनि यो चुनौतीपूर्ण भएको छ यहि अवस्था कै कारण सिङ्गो दलित समुदायले नै यो आस्था भोग्नु परेको छ । प्रसंग नवराजको भएपनि यो पीडा हामी लाखौं नवराजहरुको हो र हामी यस चुनौतिका सिकार भएका छौं ।

के माया गर्नु पाप थियो ? के अन्तरजातीय प्रेम गरेकै कारण ज्यान गुमाउनु परेको हो त ? के माया मा जात भात वर्ग रंग केही भनी हुँदैन माया भन्ने कुरा एक आपसमा भावना मिल्ने कुरा हो र दुख सुख साटासाट गर्नु हो । बिचार भावनाले केहि पनि बिभेद गर्दैन त्यसैले उनले सुष्मासंग माया गर्नु न उनको भाग्यको पो दोष छ त्यसैले लाखौं नवराजहरुले कति पीडाका सिकार हुने हुन सामन्त प्रवृत्तिका ठूलाबडा भनेहरुले घटना ढाकछोप गर्ने प्रवृत्तिको अन्त्य होस घटनाको बचाउ नगरी घटनाको सत्यतथ्य छानबिन गरि दोषीलाई मुलुकी आचार संहिता २०७४ संविधानको धारा २४ उपधारा १२३ बमोजिम कर्तव्य ज्यान सम्बन्धि दोषीलाई कानूनको कटकारामा ल्याइनुपर्छ पीडितलाई उचित राहतको बन्दोबस्त मिलाइयोस् । अन्धबिश्वासबाट अब देश परिवर्तन गर्नु छ भने सम्बन्धित निकाय र सरकारको ध्यानाकर्षण होस् । मृतक नवराज वि.क. लगायत तिनजनाप्रति हार्दिक श्रद्धाञ्जली एवम शोकाकुल परिवार जनमा गहिरो समबेदना…

-प्रसङ्ग रुकुम पश्चिम
सरकार !
त्यहाँ त झन कति ठुलो पर्खाल रैछ
जातीय विभेदको ।
वर्गिय विभेदको ।।
लैङ्गकि विभेदको ।
सरकार !!!

खै हाम्रो ब्यबस्था
खै मानव अधिकार
खै ति हजारौं जनताको आवाज
खै ति हजारौं रगतको रक्तकुण्ड आवाज
सरकार !!
खै रगतको मुल्य
यहि मानवता हराउनका लागि
थिएनन् ति हजारौंले बलिदान गरेका
तयार छांै हामी बलिदान गर्न
यहि ब्यबस्था रहन्छ भने

सरकार !!!!
उत्तर दिइहाल्नु भयो भने, यसको उत्तर पनि दिनुहोला
सरकार !
यो दुनियाँमा म एक स्वभिमानी नेपाली हुँ ।
यो जुनि मा मान्छे मानिन्छु कि मानिदैन ।।