पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री

881
views

काठमाडौं । गन्तव्य नेपाल ग्रुपको संयोजनमा कोरोना महामारीबीच रिपोर्टिङमा खटिने पत्रकारहरूको सुरक्षा र सहजताका लागि पिपिई सेट, प्रेस ज्याकेट लगायतका स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ ।

आज गन्तव्य नेपाल ग्रुपका अध्यक्ष शिव अधिकारी अविरलले सामाजिक दुरी कायम गर्दै नक्साल स्थित नारायण चौरबाट छापा, अनलाइन, रेडियो तथा टेलिभिजनमा कार्यरत १०० जना पत्रकारलाई पिपिई सेट, प्रेस ज्याकेट, मास्क, ग्लब्स र स्यानिटाइजर वितरण गरेका हुन ।

सामग्री वितरणपछि अध्यक्ष अधिकारीले सामग्री व्यवस्थापनमा सहयोग गर्ने बोधिसत्व विहार र विशेष गरी विहारका मूल गुरु हाल नेपालमा रहेका ताइवानी नागरिक हेगुवाङ शी र विहारअन्तर्गत कोरोना लक्षित आपत्कालीन राहत कार्यक्रमका सञ्चालक शान्त शर्माप्रति विशेष आभार प्रकट गर्दछौं‘

अधिकारीकै अध्यक्षतामा केही दिनअघि राष्ट्रिय पर्यटन पत्रकार सघ (नाटोज) ले पनि सोही स्थानबाट ५० जना जति पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको थियो ।