बर्बरतापूर्ण पासविक घटना बन्द गर–अनेज महासङ्घ

678
views

काठमाडौं, १६, जेठ । अखिल नेपाल जनसांस्कृतिक महासंघले पश्चिम रुकुमको चौरजहारी नगरपालिका– ८, सोतीमा भएको मध्ययुगको झल्को दिने बर्बर र कायरतापूर्ण घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

अखिल नेपाल जनसांस्कृतिक महासङ्घ जातीयतालाई आधार बनाएर गरिएको आक्रमणबाट जाजरकोट नगरपालिकाका ५ जना नवराज विक, टीकाराम विक, गणेश बुढा, लोकेन्द्र सुनार र सञ्जु विकको शव फेला पारिएको र गोविन्द शाही सहित २ जनाको अवस्था अझै अज्ञात रहेको) खबरले क्रुद्ध बनाएको भन्दै

मध्ययुगीन बर्बरतालाई बिर्साउने उक्त वीभत्सात्मक घटनाका दोषीलाई कार्वाहीको माग गरेको छ ।

महासंघले कथित छुवाछुत मुक्त नगरपालिका भनिएको स्थानमा र सत्तासीन ‘कम्युनिष्ट’हरुको करिव एकलौटी बर्चस्व रहेको नगरमा स्वयम् जनप्रतिनिधिकै परिवारभित्र घटेको सो जघन्य अपराधको योजनाकार र भागीदारलाई पहिचान गरी कानूनी कारवाही गर्न सरकारसँग जोडदार माग समेत गरेको छ ।

महासंघले उक्त जिल्लाबाट निर्वाचित सङ्घीय संससदका सदस्यबाट घटनालाई ढाकछोप गर्नेगरी दिइएको वक्तव्य र संसदमा वोलेको अभिव्यक्तिले घटनालाई सामसुम पार्न खोजेको आशंका व्यक्त गर्दै कथित उपल्ला जातिको कर्तुतलाई ढाकछोप गरी मुद्दालाई किनारा नलगाईकनै बेवारिश छाडिदिन सक्ने सम्भावनाप्रति सचेत रहँन आग्रह गरेको छ ।

साथै अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव देशव्यापी रूपमा सङ्गठित र सशक्त प्रतिरोधका निमित्त अग्रसर हुन तमाम प्रगतिशील जनसमुदाय र जनसङ्गठनहरूलाई आह्वान गरिएको छ ।