देशैभर मौसम बदली, हावाहुरी र वर्षाको सम्भावना

948
views

काठमाडौं, १७, जेष्ठ । देशका विभिन्न स्थानमा आज शनिवार हावाहुरी, चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार बिहानैदेखि देशैभरको मौसम बदली भएको छ भने पश्चिम तराई, नवलपरासी, भरतपुरलगायत स्थानमा अहिले वर्षा पनि भइरहेको छ ।

‘काठमाडौं उपत्यकाका पनि केही स्थानमा सिमसिम पानी पर्न सुरु भइसकेको छ,’ ‘आज पूर्वका पनि, मध्यका पनि र पश्चिम क्षेत्रका पनि केही स्थानमा वर्षा हुने सम्भावना छ ।’
वर्षाका साथमा हावाहुरीरचट्याङको पनि उत्तिकै सम्भावना रहेको मौमसविद्ले बताएका छन् ।

आज राति पनि देशभर मौसम सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ र हावाहुरीसहित वर्षा जारी रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।