कोरोना कोषमा राष्ट्रिय वाणिज्य बैंकको सहयोग

766
views

पर्वत, १७, जेष्ठ । फलेवास नगरपालिकाले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड फलेवास शाखाले ३० हजार रुपैंयाँ आर्थिक सहयोग गरेको छ ।

राष्टिय बाणिज्य बैंक फलेवास शाखाका प्रबन्धक तोरण बहादुर विश्वकर्माका अनुसार कोरोना भाइरसको सम्भावित संक्रमण, रोकथाम र नियन्त्रणका राष्ट्रिय बाणिज्य बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नगरपालिकाको कोरोना कोषमा सहयोग गरेको हो ।

लकडाउनको समयमा बैकंले ग्रहाक बर्गलाइ प्रदान गरिरहेको सेवा सुबिधा प्रति नगरप्रमुख पदमपाणी शर्माले चासो राख्नुभएको थियो । साथै विश्व स्वास्थ संगठनको निर्देशन अनुसार स्वाथ मापदण्ड पुरा गरि सेवा प्रदान गर्न आग्रह गर्नुभएको थियो ।